काठमाडौं/२६ साउन-प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय शिक्षा ऐन सुरुमा जस्तो थियो फर्केर आउँदा कयौं विषय उल्टो भएर आएको बताएका छन् । उनले चौतर्फि विरोध भएपछि सदनमा पठाउन खोजेको संघीय शिक्षा ऐन पनि रोकेको बताएका हुन् ।
बिहिबार एउटा कार्यक्रममा बोल्दै टुंगिएको विषय बजारमा सरकारको हातमा भन्दा पहिला पुगेको र कसरि पुग्यो भन्ने कुरा गम्भिर देखिएको साथै सुधार नगरी पठाउन हुँदैन भनेर रोकोको बताएका छन् ।
उनले भनेका छन् ‘संघीय शिक्षा ऐन सुरुमा जस्तो थिायो फर्केर आउँदा त्यो त कयौं विषय विल्कुल उल्टो खालको भएर झन नेगेटीभ भएर आयो भन्ने देखियो र हामीले सदनमा पठाउन खोजेको ऐन पनि रौक्यौं र यसलाई सुधार नगरी पठाउन हुँदैन भन्यौं । हामी त्यसको खोजिमा छौं, कसले यसो गर्यौ ? कहाँबाट कुन ठाउँबाट यस्तो भयो भन्ने कुरा । अर्को तिर क्यविनेटमा हामीले राम्रोसँग हेर्न पाएकै छैनौं बजार र मिडियामा त्यसको बारेमा यो गलत र सहि भन्ने कुरा आउने स्थिति कसरी भयो ? या त त्यो विषयमा कन्सर्न पाट्नरहरुको पहिल्यै सल्लाह गरेर छलफल गरेर राय सल्लाह लिने हुनु पर्यो । टुंगिएको विषय बजारमा सरकारको हातमा भन्दा पहिला कसरि पुग्यो भन्ने कुरापनि अल्लि गम्भिर नै देखिएको छ ।’
मन्त्रिपरिषद्को बैठकले साउन १६ गते ऐनको मस्यौदा संसदमा पेश गर्ने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मस्यौदा ११ दिन बितिसक्दा समेत कहाँ छ अत्तोपत्तो छैन ।



