काठमाडौँ २५ साउन त्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्षको कार्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ । विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०/०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो ।
मंसिर पाँच गतेदेखि कक्षा सञ्चालन गर्ने गरी भर्नाका लागि आवेदन माग गरिएको छ । साथै विद्यार्थीहरुले साउन २८ देखि भाद्र मसान्तसम्म आवेदन दिन सकिने जारी सूचनामा उल्लेख छ ।



