१२ वटा सुचकहरुमध्ये ६ वटा सुचक पुरा भएपछि कपिलबस्तु साक्षर जिल्ला घोषणा

कपिलबस्तु/१ साउन-कपिलबस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । एक कार्यक्रमका विच कपिलबस्तुलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।


साक्षर हुनको लागि १२ वटा सुचकहरुमध्ये छ वटा अर्थात् ५० प्रतिशत सुचक पुरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाई कपिलबस्तुका प्रमुख थानेश्वर घिमिरेले बताए । उनले साक्षरता दर १५ देखि ६० वर्ष उमेरका जनसङ्ख्यालाई लिइएको बताए ।


प्रदेश सभा सदस्य सुधाकर पाण्डेले लुम्बिनी प्रदेश सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताउँदै यसलाई दिगोपन दिनको लागि सबै लाग्नु पर्नेमा जोड दिए । साक्षर घोषणा अभियानलाई सफल बनाउन स्थानिय तहको महत्वपूर्ण भुमिका रहने सदस्य पाण्डेको भनाइ थियो ।


साक्षर घोषणा भएका जिल्लाहरु मध्ये कपिलबस्तु ६४ औं जिल्लामा पर्छ भने लुम्बिनी प्रदेशको १२ औं जिल्लाको रुपमा रहेको छ ।