काठमाडौं/३१ असार–प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न कार्यक्रमको मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । परिषद्ले नियमित तर्फका लागि असार १३ गते प्रकाशित सूचना अनसार डिप्लोमा तथा प्रमाणपत्र तहका एक विषयका लागि मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा सञ्चालनका लागि परिषद् र प्रदेश कार्यालयको सिफारिषमा साउन १३ गते बिहान ११ बजेदेखि बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजि सञ्चालन हुने जनाएको छ ।




