काठमाडौं /२८ असार-एसईईको नतिजा प्रकाशनसँगै विद्यार्थीलाई कक्षा ११ मा कुन विद्यालय पढ्ने र कस्तो शैक्षिक संस्था छनोट गर्ने, कति जिपिए आउँदा कुन विषय पढ्न उत्तम हुन्छ भन्ने जिज्ञासा हुन्छ । वर्षेनी एसईई उत्तीर्ण विद्यार्थी उत्कृष्ट शैक्षिक यात्राको खाजी गर्छन । आफुले प्राप्त गरेको जिपिए लिएर भविष्यको खोजिमा हिड्ने विद्यार्थीहरुको एउटा सही गन्तव्य र सुरक्षित भविष्य खोज्नु उत्तिकै चुनौतिपूर्ण छ । यतिवेला विद्यार्थीले तय गरेको निर्णयले उनीहरुको भविष्य कस्तो बनाउने भन्ने निर्णय गर्ने भएकाले सहि निर्णय गर्नुपर्ने बेला अहिले नै हो । यसै सन्दर्भमा कस्मिक इन्टरनेशनल एकेडेमीका फाउण्डर प्रिन्सिपल अर्जनु कुमा खत्रीसँग गरिएको संवाद ।
एसईई पछि विद्यार्थीले विषय छनौट गर्दा कसरी गर्ने ?
विद्यार्थीहरुले एसईईसम्म आउँदा विद्यालयमा अध्ययन गरेको विषयको दक्षता र क्षमताका आधारमा विषय छनौट गर्नु सबैभन्दा राम्रो निर्णय हुनेछ । साथीभाईको भनाईका अधारमा र आफुले सुनेको आधारमा विद्यार्थीले विषय छनौट गर्नु त्यति राम्रो हुँदैन । उनीहरुले ध्यन दिनुपर्ने भनेकै आफुभित्र भएको विशेष क्षमताका आधारमा विषय छनौट गर्नुपर्छ । यो सगँसगैँ विद्यालयमा लामो समयदेखि पढाईरहनु भएका शिक्षकहरुसँग एक पटक सल्लाह गर्दा राम्रो हुन्छ । किनभने विद्यालयमा पढाईरहेका शिक्षकलाई आफ्नो विद्यार्थीको क्षमता रुची र कुन विषय पढ्न सक्छ भन्ने राम्रो जानकारी हुन्छ । त्यसैगरी आफ्ना अभिभावकसँग पनि छलफल गरेर आफु भविष्यमा के बन्ने भन्ने कुराको निर्धारण गर्नुपर्छ । आफ्नो जिपिए र ग्रेडले पनि फरक पार्दछ । विद्यार्थीकोे रुची क्षमता र जिपिएलाई ध्यनमा राखी काक्षा ११ मा भर्ना गर्नुपर्छ ।
विद्यार्थी र अभिभावकले राम्रो विद्यालय कलेज भनेर छुट्टयाउने आधार के के हुन सक्छन् ?
मेरो विचारमा विद्यार्थीले भर्नाका लागि विद्यालय वा कलेज छनौट गर्दा त्यहाँको वातावरण कस्तो छ, नियमित पठनपाठनको अवस्था के छ, समय तालिका अनुसार सञ्चालन भएको छ वा छैन, प्रशासनिक, अतिरिक्त क्रियाकलाप र समय सापेक्ष व्यवस्थित गर्दै जान सक्ने शैक्षिक संस्थालाई विद्यार्थीले भर्ना गर्नु भन्दा अगाडि हेरेर छनौट गर्नुपर्छ । साथै विद्यालयको भौतिक पूर्वाधार र सूविधा, विद्यार्थीले पठनपाठन गर्ने कक्षाकोठाको व्यवस्थापन र सुविधा, नयाँ प्रविधिको प्रयोग, स्मार्ट बोर्ड, प्रोजेक्टर, पढाउने विधि, छात्रवृत्तिको व्यवस्था, शैक्षिक संस्थाको प्रतिष्ठा, अध्यापकहरुको योग्यता र अनुभव, विगतको नतिजा, तालिम गोष्ठि र सेमिनार लगाएतका विषयलाई हेरेर शैक्षिक संस्था छनौट गर्नुपर्दछ ।
त्यसैगरी विद्यार्थी तथा अभिभावकले कक्षा ११ मा भर्ना गर्नु भन्दा अगाडि शैक्षिक संस्था छनौटमा ध्यनदिनुपर्ने अर्को महत्वपूर्ण विषय हो शुल्क । गुणत्मक र सुविधासहितको सर्वसुलभ शुल्क हेर्नुपर्छ । किनभने सुविधा र गुणात्मक एक अर्कामा पुरक भएको हुँदा यसमा विद्यार्थीले ख्याल गर्नुपर्छ ।
कस्मिक इन्टरनेशनल एकेडेमी कस्तो शैक्षिक संस्था हो ?
कस्मिक इन्टरनेशनल एकेडेमीमा लामो समयदेखि शैक्षिक क्षेत्रमा लागेका र यस क्षेत्रलाई राम्रोसँग बुझेका व्यत्तिहरुले सञ्चालन गरेको शैक्षिक संस्था हो । कस्मिकमा विद्यार्थीको भविष्य निर्माणका लागि दक्ष र अनुभवि शिक्षकबाट अध्यपान गराईन्छ ।
साथै मैले माथी भने जस्तै विद्यार्थीहरुलाई राम्रो भौतिक पूर्वाधार सहित प्रविधिको प्रयोग गर्दै उचित वातावरणमा पाठनपाठन गराइरहेका छौं । अहिलेसम्मको नतिजालाई हेर्ने हो भने अरु शैक्षिक संस्था भन्दा अगाडि नै छौं । यो अलवा प्रयाप्त खेल मैदान, अधुनिक प्रविधिमैत्री वातावरण, लिफ्ठ सहितको आफ्नै सुविधा सम्पन्न भवन, व्यवस्थित कक्षा कोठा, उत्कृष्ट ल्याब कस्मिक इन्टरनेशनल एकेडेमीमा निर्माण गरेका छौं । विद्यार्थीहरुलाई व्यहारिक शिक्षामा जोड्दिँदै प्रयोगात्मक शिक्षण विधि अपनाएका छौं जस्ले गर्दा विद्यार्थीहरुको भविष्य निर्माणमा टेवा पुग्नुका साथै पछि गएर राष्ट्रिय तथा अन्तराष्ट्रि विभिन्न संस्थाहरुमा रोजगारका लागि सहज हुनेछ ।
विद्यार्थीले कक्षा ११ र १२ मा के के पढ्न पाउछन् ?
कस्मिक इन्टरनेशनल एकेडेमीमा विज्ञान, व्यवस्थापन र मानवीकी, कानुन, होटेल म्यनेजमेन्ट, कम्प्युटर साईन्स, विजनेस स्टिडिज लगायतका विषयहरुको पठनापाठन गराईन्छ । हामीले व्यवहारिक अभ्यासका लागि होटेल म्यानेजमेन्टका विद्यार्थीहरुलाई पाँचतारे हेटेलमा लगेर इन्टर्नसिप गराउने, विजनेस स्टिडिजका विद्यार्थीलाई प्रतिष्ठित उद्योगहरुमा भ्रमण गराउने गरेका छौं । कम्प्युटर साइन्सका लागि अत्याधुनिक कम्प्युटर ल्याव निर्माण गर्नुका साथै विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षामा जोड् दिएका छौं ।
विद्यार्थीको पढाईलाई सहज बनाउनका लागि कस्तो प्रविधिको प्रयोग गर्नुभएको छ ?
एउटा विद्यार्थीलाई पूर्ण शिक्षत र क्षमतावान बनाउने हाम्रो उदेश्य हो । यसको मतलब एउटा विद्यार्थीले निश्चित समयमा पढेपछि उसले एउटा डिग्री हासिल गर्छ र सर्टिफिकेट प्राप्त गर्छ । सर्टिफिकेट प्राप्त गराउनु मात्रै हाम्रो उदेश्य होइन, विद्यार्थीलाई जीवन जिउने सिप र शिक्षा दिने हाम्रो उदेश्य हो ।
त्यसकारण विद्यार्थीलाई उत्कृष्ट शिक्षा लिने वातावरण मिलोस भन्ने उदेश्यले हामीले हरेक कक्षामा इन्ट्रयाएक्टिभ बोर्डद्धारा पठनपाठन गर्ने गरेका छौं । उत्कृष्ट साइन्स ल्याव, कम्प्युटर ल्याब रहेको छ । प्रविधिमैत्री कन्फ«ेन्स हल, डिजिटल लाईव्रेरी लगाएतको सुविधा विद्यार्थीले पाउन सक्छन् ।