काठमाडौं/१६ असार-हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र भारतको जिएलए विश्वविद्यालय बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कलेजमा अध्ययन गरेका विद्यार्थीहरुलाई एकेडेमकि कुरा लगाएत नेपाली विद्यार्थीहरुलाई अन्तराष्ट्रिय बजारमा लैजान सहयोग हुने अपेक्षाका साथ सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पश्चात हिमालयन ह्वाइट हाउस इन्जिनियरिङ कलेजमा इन्जिनियर अन्तर्गत विभिन्न विधामा अध्ययन गरेका विद्यार्थीहरुले भारतको मथुरामा रहेको जिएलए विश्वविद्यालयले इन्टर्नसिपका लागि विभिन्न कम्पनिहरुसँग नेटवर्क गरिदिने छ ।
साथै विभिन्न कन्फ्रेन्स, सेमिनार, वर्कसप, वेभिनार, फ्याकल्टि एक्सचेन्ज गर्नुका साथै रिसर्च स्कोलर्स, विद्यार्थीलाई छोटा कोर्षमा सहभागिता, रिसर्च पेपर र शैक्षिक सामाग्रिको संयुक्त प्रकाशन गर्ने सहमाती भएको छ ।
भारतका विश्वविद्यालयहरु विश्वमा उत्कृष्ट विश्वविद्यालय बन्न सकेका छन् । नेपाल भारतसँग हरेक कुरामा जोडिएको छ । यो सन्दर्भमा नेपाली विद्यार्थीहरु पनि भारतको जिएलए विश्वविद्यालय गएर एकेडेमिक कुराहरुमा सहभागिता हुन पाउने, सर्ट कोर्ष गर्न पाउने, इनोभेसन सेन्टर, इन्टरनेशनल कन्फ्रेन्स गर्नका लागि, रिसर्चर र स्कोलर्सहरुलाई विश्वविद्यालयले सहयोग गर्ने विषयमा दुईपक्षबीच सम्झौता भएको कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले बताए ।
हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा विगत २२ वर्षदेखि सञ्चालित कलेज हो । यसमा म्यानेजमेन्टमा MBA, EMBA, BBA, BHM, इञ्जिनिएरिङ्ममा BE CIVIL, BE Computer, BE Elex. & Comm, साइन्स एण्ड टेक्नोलोजीमा BIT, B.Tech in Bio Tech र आर्टस्मा BLAS (Bachelor in Liberal Arts & Science कार्यक्रमहरु सञ्चालनमा छन् ।
अत्याधुनिक सुविधा सम्पन्न काठमाडौँको मुटुमा सञ्चालित यो कलेजलाई पूर्वाञ्चल विश्वविद्यालय कै गौरव र विद्यार्थीहरुको पहिलो रोजाईको कलेज मानिन्छ ।
अध्ययन पश्चात जापानमा इन्टर्नसिप गर्न पाउने
हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा इन्जिनियर अध्ययन गरेका विद्यार्थीले जापानमा इन्टर्नसिप गर्न पाउने भएका छन् । इन्जिनियर अध्ययन पश्चात विद्यार्थीले जापानमा इन्टर्नसिप गर्न पाउने भएका हुन् ।
जापानको आइम्याक इन्जिनियरिङ कम्पनी लिमिटेड र हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज बीच कलेजमा इन्जिनियर अन्तर्गत विभिन्न विधामा अध्ययन गरेका विद्यार्थीहरुले जापानमा इन्टर्नसिपको लागि प्रकृया आगाडि बढाउन सक्ने विषयमा दुईपक्षबीच सम्झौता भएको छ ।
कलेजका प्रिन्सिपल तोयानारायण पौडेलका अनुसार आइम्याक कम्पनीले कलेजबाट इन्जिनियरिङ अध्ययन पुरा गरेका विद्यार्थीलाई जापानका विभिन्न कम्पनीमा इन्टर्नसिप गर्नको लागि सहयोग गर्ने छ । यसरी आफ्नो अध्ययन पश्चात इन्टर्नसिपका लागि जापान जाने विद्यार्थीहरुले त्यहाँ मासिक दुई लाख आठ हजार तलब सहित तीनवर्षसम्म काम गर्न पाउनेछन् । दुई पक्षबीचमा भएको सम्झौताले इन्जिनियर अध्ययन गरेका विद्यार्थीलाई रोजगारको सुनिश्चितता गरेको प्रिन्सिपल पौडेलको भनाइ छ ।



