काठमाडौं/१ असार– जेठ महिनामा मात्रै उच्च शिक्षा अध्ययनका लागि एनओसी लिनेको संख्या १० हजार ५ सय ३८ रहेको छ । एनओसीका लागि १९ हजार ४ सय ७९ आवेदन मध्ये १० हजार ५ सय ३८ लिएका हुन ।
बैदेशिक अध्ययन अनुमति शाखाले दैनिक रुपमा ४५० भन्दा बढी एनओसी वितरण गर्दै आएको छ ।
शाखाका अनुसार जेठ महिनामा जापान अध्यनमा जाने विद्यार्थीहरुको संख्य ३ हजार १५ जना रहेका छन् । त्यस्तै अष्ट्रेलियाका लागि २ हजार ७ सय ३० जना र क्यानडाका लागि २ हजार १ जनाले एनओसी लिएका छन् ।




