मर्ज हुन चाहेका क्याम्पसहरुसँग निवेदन माग

काठमाडौं/३० जेठ-त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयले पूर्ण रुपमा एक आपसमा गाभिई समायोजन हुन चाहाने सम्बन्धन प्राप्त क्याम्पसहरुको निवेदन माग गरेको छ । नविकरण अद्यावधिक भएका त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुई भन्दा बढी क्याम्पसहरु पूर्ण रुपले एक आपसमा गाभिइ समायोजन हुने चाहेका क्याम्पसहरुको निवेदन माग गरेको हो ।


मर्ज हुन चाहेका क्याम्पसहरुले आफ्नो क्याम्पस सभामा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्नुपर्ने छ । समायोजन गर्दा कुनै पनि शुल्क नलाग्ने त्रिविले जनाएको छ ।


साथै समायोजन हुने दुबै क्याम्पसको बेग्ला बेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र सहमति हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्रहरु, नविकरण पत्रहरु र अक्षयकोषको रसिद निवेदन साथ कागजातका प्रतिलिपिहरु पेस गर्नुपर्ने छ ।