प्रधानमन्त्री ज्यु, हाम्रो तलब कति भनेर कहिलेसम्म सोधिरहने ?

काठमाडौं/२६ जेठ-हामी सामुदायिक विद्यालयका कर्मचारीहरु कहिले सम्म आन्दोलन मात्रै गर्नु पर्ने हो ? हाम्रो विषयमा यहाँलाई सबै अवगत हुँदै गर्दा हाम्रो माग सम्बोधन नहुनु र अहिले हामी विद्यालयको सम्पूर्ण कामकाज छाडी सडकमा आउनु पर्ने यो बाध्यता कहिले सम्म गराउने ? पटक पटक आन्दोलन अनि वार्ता त्यसपछी सहमति अनि कार्यान्वयनमा आएन भनेर फेरि आन्दोलनमा जानुपर्ने कहिलेसम्म ?


प्रधानमन्त्री ज्यु, हजुर सर्वहाराको मुक्ति गर्छु भनेर तेत्रो जनआन्दोलनबाट पटक पटक प्रधानमन्त्री पनि हुनु भएको छ । तर, पनि हामी जस्ता विद्यालय कर्मचारी जो विद्यालयको समग्र शैक्षिक, आर्थिक र भौतिक पुर्णरुपमा २४ सै घण्टा काममा लाग्नु पर्ने ३५ हजार ६८ जना सँग झण्डै २ लाख जनताको हातमुख जोडिने सवाल छ । हाम्रो तलब कति भनेर हजुरलाई कहिले सम्म भन्नू पर्ने होला ? कि हामी कुनै पार्टीको झोला नै बोकेर हिडे मात्रै हाम्रा समस्या समाधान हुने हुन् त ?


अनि हजुर को पार्टीको शिक्षामन्त्री हुँदा कर्मचारीहरुको तलब मान लेखेर माननीय देबेन्द्र पौडेलको मन्त्रीस्तर निर्णय कहिले कार्यान्वयन मा ल्याउने ? कि जहिले पनि आन्दोलन मात्र गर्नु पर्ने हो ? नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समिति बाट पनि आन्दोलन गरियो तर ५१ बँुदे सम्झौता कहाँगयो ? अहिले प्रधानमन्त्री हुँदै गर्दा यो समस्या समाधान गर्न किन नसक्ने ?
यस्तै धेरै कुराहरूले आम विद्यालय कर्मचारीहरुमा नैरास्यता जमाएको छ । अझै पनि केही बिग्रेको छैन सम्माननिय प्रधानमन्त्री ज्यु, बजेट माथिको छलफलमा यो मुद्दा लाई समावेश गराई सम्बोधन गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु ।


गंगाराम तिवारी
अध्यक्ष –नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समिति काठमाडौं ।


आइतबार विद्यालय कर्मचारीले थाल ठटाउदैँ आन्दोलन गर्ने


नेपाल विद्यालय कर्मचारीहरुले दबाब स्वरूप आइतबार थाल ठटाउँदै बृहत आन्दोलन गर्ने भएका छन् । सरकारले कर्मचारीहरुको कुनै पनि माग सुनुवाई नगरेपछि थाल ठटाएर आन्दोलन गर्ने भएका हुन् ।


आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले माग पूरा नगरेका भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्दै काठमाडौंको बानेश्वरदेखि माइतीघर मण्डलामासम्म थाल ठटाउने र सभा गर्ने भएको निर्णय गरिएको जनाएको छ ।


परिषद्का महासचिव शान्ति नाथ योगीले जानकारी दिँदै सरकारलाई दबाब दिनका लागि ठटाउने र माइतिघरमा मण्डलामा कोण सभा गर्ने जानकारी दिए ।