तोकिएअनुसार छात्रवृत्ति वितरण नगर्ने निजी विद्यालयको विवरण सार्वजनिक गरिने

काठमाडौं/१० जेठ-काठमाडौं महानगरपालिकाले सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन निर्देशन दिएको । महानगरभित्र रहेका संस्थागत विद्यालयलाई जेठ १५ गतेसम्म छात्रवृत्ति वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन निर्देशन दिएको हो ।


साथै महानगरको शिक्षा ऐन २०७५ को दफा ५० को उपदफा ३ अनुसार छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न, विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ अनुसार छात्रवृत्तिको प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गर्न र नियमावलीको नियम ५९ अनुसार छात्रवृत्ति पाउनेको नियमावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्न भनिएको छ ।


महानगरले वडाध्यक्ष तथा जनप्रतिनिधिलाई छात्रवृत्ति वितरण तथा विवरणको काममा सहयोग र अनुगमन गर्न आग्रह गरेको छ । त्यसैगरी कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा त्यसको सुनुवाइका लागि अवसर प्रदान गर्न गरिने र तोकिएअनुसार समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *