काठमाडौं/१७ चैत –आजदेखि बिहान ८ बजेबाट शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । २ हजार ३७ परीक्षा केन्द्रमा एकैसाथ एसईई परीक्षा सुरु भएको हो ।
यो वर्ष ७ हजार २ सय ६५ सामुदायिक विद्यालयका र ४ हजार ५ सय ६४ संस्थागत विद्यालयका गरी कूल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । छात्र २ लाख ६० हजार ६ सय ७४ र छात्रा २ लाख ५५ हजार ९ सय १७ जना गरी कूल ५ लाख १६ हजार ५सय ९१ जना परीक्षार्थी सहभागी हुने भएका हुन् ।
त्यसैगरी प्राविधिक धारका १५ हजार ४ सय ६१ र दृष्टि विहिन विद्यार्थी ५० जना सहभागी हुने भएका छन् । बिहान ८ बजेबाट सुरू भएको परीक्षा ११ बजे सकिनेछ ।



