सामुदायिक विद्यालयले बढी शुल्क लिएपछि विद्यार्थी आन्दोलित

सप्तरी/१४ चैत-सामुदायिक विद्यालयमा बढी शुल्क लिएको भन्दै वार्षिक परीक्षाका बीच विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयले कुनै पनि नियमविपरीत तोकिए भन्दा बढी लिइएको अतिरिक्त परीक्षा शुल्क फिर्ता गराउन विद्यार्थी आन्दोलित भएका हुन् ।


आन्दोलित विद्यार्थी सोमबार राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरतसमक्ष पुगेका हुन् । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को फर्म भर्ने शुल्क तीन सय र परीक्षा शुल्क एक सय रुपियाँसम्म तोकेको छ । तर, विद्यार्थीहरुले पाँच सयदेखि १ हजार ६ सय रुपियाँसम्म शुल्क लिएको राजविराज नगरपालिका शिक्षा शाखा संयोजक भोगेन्द्र यादवले जानकारी दिए ।


कक्षा ९ को परीक्षा फाराम भर्न १ हजार ५ रुपियाँ विद्यालयले लिएको राजदेवी माविका छात्रा ओमप्रकाश यादवले बताए । नियमविपरीत लिएको शुल्क विद्यार्थीलाई तत्काल फिर्ता गर्न नगरले सोमबार नै पत्राचार गरेको नगर प्रमुख परवीनले जानकारी दिए । उनका अनुसार राजविराज नगरपालिका १ को राजदेवी माध्यमिक विद्यालय, नगरेन्द्र माध्यमिक बोरिया, केशो अनिरुद्धदेवी माध्यमिक विद्यालयलाई पत्राचार गरिएको हो ।


केशो अनिरुद्धवती माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्रप्रसाद यादव भन्छन् “नगरपालिका वा नगरपालिकाको शिक्षा शाखाले मसँग फोन बाहेक कुनै प्रकारको प्रत्यक्ष भेटवार्ता नगरी एकाएक करवाहीको पत्र पठाइएको छ ।”


परीक्षाको अन्तिम दिन सोमबार ३ बजे अन्तिम समयमा विद्यालयमा आएको नगरको पत्र कार्यान्वयन गर्न समय प्राप्त नभएकोले आउने दिनमा कार्यान्वयन हने उनले प्रतिबद्धता व्यक्त गरे । गोरखापत्रमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *