कक्षा १२ मा अध्यनरत अरुणिम प्रकाशको पुस्तक ‘स्टाइमियर थर्सन’

काठमाडौं /१९ सउन-एउटा फिल्म हेर्दा हेर्दै कथा भित्रै हराउने,भावुक बनाउने, कहिलेकाही रुवाउने र मनमा खिन्नता धेरैलाई बनाएको हुनसक्छ । फिल्मको कथा सकिएपछि पनि त्यस भित्रका पात्रका बारेमा मनमा कुरा खेलिरहने र त्यसपछि के भयो होला भन्ने जिज्ञासा लागेको हुन्छ । फिल्मले यसरी आफ्नो कथा भित्र मानिसहरुलाई बाधेको हुन्छ कि त्यो भावना भित्र डुबिसकेपछि बाहिर आउन केही समय लाग्न सक्छ । फिल्मको मुख्य उदेश्य नै त्यही हो ।


यो भूमिका लेख्नुको अर्थ के हो भने सन् २००४ सालमा जन्मिएका १७ वर्षका अरुणिम प्रकाशले लेखेको पुस्तकमा यस्तै कुरा हामीले पाउन सक्छौं । एकातिर १७ वर्षको कलिलो उमेरमै यसको परीकल्पना कसरी हुन सक्यो प्रश्न रहन सक्छ, भने अर्को तर्फ एउटा कथाले एक जना युवालाई कति धेरै प्रभाव पार्न सक्छ र उसको मनोविज्ञानमा कति हलचल ल्याउन सक्छ भन्ने उदाहरण पनि हो ।

अभिभावले आफ्ना छोराछोरीको भावना बुझ्न नखोज्नु, उ माथी आफ्ना कुराहरुमात्रै लाद्दनु र धेरै बन्धनमा बाध्न खोज्नुले एउटा युवाभित्र हुने कुण्ठाका बारेमा कल्पनामा डुवेर शब्द मार्फत पुस्तकमा लेख्न खोजिएको छ र यसको सन्देश पनि त्यही दिन खोजिएको छ । पछिल्लो समय कक्षा १२ पास गरेपछि युवाहरु विदेश अध्ययनमा जाने र उतै हराउने वा स्वदेश फर्कन मन नगर्ने धेरै छन् । उनिहरु नर्फनुको एउटा कारण भनेको परीवारको साथ सहयोग र स्वतन्त्रता नपाउनु, आफ्नै तरीकाले काम गर्न नपाउनु पनि हो ।


नोटर्स माइथोलोजिमा अनुसन्धान गरेर लेखिएका पुस्तक अरुणिम प्रकाशले धेरै पढे त्यस भित्र उनले देवता र राक्षसको भिषण युद्ध भएको कथा पढे तर कथा सकिएपछि उनिहरुले के गर्छन कसैले नलेखेको र कतै नभनिएका कारण उनको मनमा लागि रह्यो त्यसपछि के होला ? के भयो ? कतै पनि भेटेनन् । त्यसैलाई निरन्तरता दिनका लागि परीकल्पनामा डुबेर कथा तयार गर्ने जमर्को गरे र लकडाउनको ६ महिनामा स्टाइमियर थर्सन नामक पुस्तक तयार पारे ।


उनले पढेको पुस्तकमा थियो कुनै समयमा देवता र राक्षसको युद्ध भयो तर युद्ध भगवानले जित्छन भन्ने मनभित्र निश्चत भएपनि त्यसको ठिक उल्टो राक्षसले विजयी हासिल गर्छ । त्यसपछि कलियुग सुरु भएको उनले पढे । राक्षसले युद्ध जिते पछि के भयो भन्ने कुरा उनले कतै भेटेनन, कसैले भनेको सुनेन् र आफै परीकल्पनामा डुबेर स्टाइमियर थर्सन पुस्तक लेखे ।


त्यसैभित्र उनको मनोविज्ञानलाई प्रभाव पारेको अर्को कथा यस्तो थियो “एउटा १६ वर्षे युवा जसलाई उसको घरमा स्वतन्त्रता थिएन । उ आफ्ना अभिभावकसँग धेरै नै बन्धनमा थियो र उसले आफ्नो इच्छाले केही गर्न पाउने थिएन । एक दिन उसले आफ्नो जन्म दिन मनाउन बहिनीलाई लिएर घरबाट भागेर गयो । त्यतीनै बेला उसको बहिनी माथी आक्रमण भायो र आक्रमणबाट बहिनीको मृत्यु भयो । त्यो आक्रमण गर्ने त्यही देवतासँग युद्ध जितेको राक्षस थियो । यो सबै कुरा आफनो आँखा अगाडी देखेको त्यो युवाले त्यसपछि घर नफर्कि एक्लै जिवनको यात्रा सुरु गर्ने अठोटका साथ निर्णय गर्यो । अरुणिम प्रकाशको मनसपटलमा फेरी लाग्न थाल्योे त्यसपछि त्यो युवाको जिवन कस्तो रहयो, घर फक्र्यो की फर्किएन, राक्षसले उसलाई मार्यो की मारेन आदी । युवाको जिवनको यात्रालाई स्टाइमियर थर्सनमा पुरा गर्ने जमर्को गरे र परीकल्पनामा डुबे ।”


हाल डिएभि स्कुलमा कक्षा १२ मा अध्यनरत अरुणिम प्रकाश आफ्ना दाजुबाट प्रभावित भएको र पुस्तक पढ्ने बानी बसेको बताउछन् । कहीलेकाही कविता पनि लेख्ने उनिले धेरै अंग्रेजी र हिन्दी साहित्यका बुकहरु त्यसमा पनि परीकल्पना गरेर लेखिएका स्पेच्युवेल बुकहरु धेरै पढ्ने गरेको बताउछन् । उनको पुस्तक एकता पब्लिकेशनबाट केहि दिनमा पाउन सकिन्छ ।
घरको स्वतन्त्र वातावरण, बुबाआमाको साथ सहयोगले नै लकडाउनको समयलाई सदुपयोग गर्दे आफुले यो पुस्तक तयार पार्न सकेकको बताउछन् । उनी भन्छन “माथीको कथामा जस्तै अभिभावकले आफ्ना छोराछोरीको भावना नबुझने हो भने उ भित्र रहेको प्रतिभापनि मर्छ र खराब बाटो रोज्न सक्छन् । त्यसकारण अभिभावकले आफ्ना छोराछोरीको भावना, इच्छा बुझ्न आवश्यक छ । किनकि उनीहरु सधै सकारत्मक बाटोमा स्वतन्त्र रुपमा हिड्न सकुन ।”

त्यसकारणले पनि अरुणिम प्रकाशले युवाहरुलाई लक्षित गरेर पुस्तक प्रकाशन गरेको बताउछन् । “यस पुस्तकमा कल्पनामा डुवेर मानिस कल्पनामा हराउँछन् । भावनामा डुवेर यथार्थता भन्दा आफ्नै नयाँ संसारको वारेमा सोचेर कल्पनाशील भई हराउछन् भन्ने कथाहरु समेटेर प्रकाशन गरिएको पुस्तक हो” उनी भन्छन् ।


उनी सानै देखि ज्ञानी स्वभावका, कथाका पुस्तक पढ्न रुचाउने, घरमा सबैको रेखदेख गर्ने, कहीलै अल्छी नमान्ने र हरेक कुराको बारेमा जान्न जिज्ञासा राख्ने, कल्पना गरेर बस्ने बानी रहेको उनका अभिभावकले बताए । फेरी उनले विचमै भने “अभिभावको यस्तै खालको हौसलाले मलाई किताव लेखन प्रति मोह बढेको हो, उहाँहरुले मलाई कहिल्यै कुनै पनि कुरामा रोक्नु भएन बरु साथी जस्तो बनेर मलाई सहयोग गर्नु भयो । यो पुस्तक पनि सबैले पढेर मेरो पहिलो प्रयासलाई माया गरि हौसला दिनु हुन्छ भन्ने अपेक्षा लिएको छु ।”