काठमाडौं /१९ साउन-अख्तियार दुरुपयोग अनुसन्धा आयोगले प्रदेश नं. २ को मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता गर्ने विरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेकको छ । आयोगले मधेश प्रदेश जनकपुरधामका तत्कालीन प्रदेश सचिव याम प्रसाद भुसाल, सि.डि.ई., सहलेखापाल, ओम सत्य साई प्रा.लि., वीरगंज, पर्साका म्यमनेजिङ डिरेक्टर रेनु अग्रवालसमेत ६ जना र उक्त संस्था उपर आरोप–पत्र दायर गरेको हो ।
उनीहरुले गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्रमा उल्लेख गरिएको छ । मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा अनियमितता भएको पाइएको जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साविक प्रदेश नं. २ हाल मधेश प्रदेश जनकपुरधाम, धनुषाबाट साइकल खरिद प्रकृया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म संलग्न कर्मचारीहरु र साइकल आपूर्तिकर्ताले नेपाल सरकार÷प्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एंव हानी नोक्सानी गरेको पुष्टि हुन आएको हुँदा सजाय र बिगोबमोजिमको जरिवाना गरी बिगो असुल उपर गर्ने मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।






