काठमाडौं २४ जेठ पिइए एसोसिएसनले एक हजार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । आफ्नो स्थापनाको २८ औँ बर्ष पुरा गरेको उपलक्ष्यमा इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा लिन चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउने भएको हो ।
आज पत्रकार सम्मेलन गर्दै इन्जिनियरिङ अध्ययनका लागि सञ्चालन गरीने प्रवेश परीक्षाको अनलाइन माध्यमबाट तयारी गर्ने विद्यार्थीलाई पहिले भर्ना हुने प्राथमिकताको आधारमा छात्रवृत्ति उपलव्ध गराउने घोषणा गरेको छ ।
पिइएले मेन्टर्स डिजिटल लर्निङ प्लेटफर्म मार्फत इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी कोर्स गराउने जमनकारी दिँदै एसोसिएसनका कार्यकारी अधिकृत लक्ष्मण पोखरेलले इन्जिनियरिङ तयारी कक्षा अनलाइनको माध्यमबाट घरमै बसेर तयारी गर्न सकिने बताए ।
त्यसैगरी हिसानका अध्यक्ष रमेश सिलवालले जेहेन्दार विद्यार्थीलाई अवसर दिनुपर्ने बताउँदै यो छात्रवृत्तिले आर्थिक रुपमा विपन्न रहेकालाई इन्जिनियरिङ अध्ययनमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा शिक्षक महासंघको अध्यक्ष कमला तुलाधर, राष्ट्रिय प्याव्सन अध्यक्ष सुवास न्यौपाने, प्याव्सन अध्यक्ष डिके ढुंगाना, अभिभावक महासंघको अध्यक्ष सुप्रभात भण्डारी लगायतले आफ्नो धारणा राखेका थिए ।



