काठमाडौं /१८ चैत-भि.एस निकेतन मन्टेसरी एण्ड एलिमेन्ट्रि स्कुलले ग्राजुएसन र डाइभर्सिटी कार्यक्रम सम्पन्न गरेको छ । काभिड-१९ महामारीका कारण दुई वर्षदेखि हुन नसकेको उक्त कार्यक्रम आज सम्पन्न गरेको हो ।
विद्यार्थीहरु लामो समयपछि विद्यालय आउन पाएको र मानसकि तनाव कमहोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । साथै अभिभावक र विद्यार्थीसँगै रहेर लामो समय पछि यसरी विद्यालयमा कार्यक्रम आयोजना गर्दा विद्यार्थीहरुमा वेग्लै खालको उर्जा दिने अपेक्षा रहेको जनाएको छ ।

स्कूलको प्राङ्गणमा भएको सो कार्यक्रममा भि. एस. निकेतन एजुकेशन फाउण्डेशनका संस्थापक निर्देशक डा.बबिन पोखरेलले अभिभावक र विद्यालय बीचको पारस्पारिक विश्वास र सम्बन्धलाई कायम राखीराख्ने प्रण गर्दै विद्यालय यो उचाईमा पुग्न अभिभावकको माया र विश्वासले मात्र सम्भव भएको बताए । उनले भने “अत्यन्तै अनुशासित र पारिवारीक वातावरणमा पढाई हुने भौतिक पूर्वाधारले सम्पन्न राष्ट्रको गौरव बोकेको यस विद्यालयमा आफ्नो नानीबाबुहरूलाई जुन आशा र भरोसाले ल्याउनु भएको छ, त्यो भरोसालाई हामीहरूले कायम राखीरहेका छौं ।”
उनले थपे हामी राष्ट्रको परिचय हौं भन्ने मान्यताका साथ हजुरहरूको नानी बाबुहरूलाई समयसापेक्ष शिक्षा प्रदान गर्दै सैद्धान्तिक मात्र नभई व्यवहारिक र प्रयोगात्मक ज्ञानको लागि प्रखर बनाउने उद्देश्य लिएर अहोरात्र खटिने भन्दै प्रतिबद्धता व्यक्त गरे ।

न्युनतम शुल्कमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरिय शिक्षा, अनुशासित वातावरण, अतिरिक्त क्रियाकलाप दिने उद्देश्य र प्रतिबद्धताका साथ भि. एस. निकेतन अगाडि बढिरहेको छ । मध्यम वर्गलाई लक्षित गरेर सञ्चालन गरीएको यो विद्यालयमा अनुभवी शिक्षक, अनुशासित वातावरण, भौतीक पूर्वाधार मनोवैज्ञानिक शिक्षण पद्धती, अतिरीक्त क्रियाकलाप, सफल नतिजाका कारण विद्यार्थीहरू भि. एस निकेतनप्रति आकर्षित छन् ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक विविधता झल्किने नृत्य प्रस्तुत गरेका थिए भने रचाना रिमालले गित गाएर विद्यार्थीहरुलाई मनोरञ्जन गराएकी थिइन ।






