इन्जिनियरिङ विभिन्न प्रतिष्ठीत पेश मध्ये एक हो । पछिल्लो समय इन्जिनियरिङ अध्ययन गर्ने विधार्थीको संख्या निकै नै बढेको छ । हरेक वर्ष इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओइ) मा प्रवेश परीक्षा दिने विद्यार्थीको संख्या बढदै गएको छ । इन्जिनियरिङ एक यस्तो विषय हो, जसको स्कोप देश विदेशमा हुन्छ । यो विषय अध्ययन गरेको विद्यार्थीको माग हरेक देश तथा क्षेत्रबाट हुने गर्छ । प्लस टुमा फिजिक्स लिएर उत्तीर्ण गरेपछि इन्जिनियरिङ विषय अध्ययन गर्न पाइन्छ ।
नेपालमा इन्जिनियरिङ अन्तर्गत हुने धेरै जसो विषयको पढाइ हुन्छ । तर अहिले अवस्थामा विद्यार्थीहरु विदेशमा इन्जिनियरिङ पढ्न जानेको संख्या धेरै छ । एक्मी इन्जिनियरिङ कलेजका प्राचार्य प्रदीप पौड्यलका अनुसार काठमाडौं बसेर पढ्न मिल्ने रकमले विदेश गएर पढ्न मिल्ने सोचका कारणले अहिले बाहरि गएर पढ्ने विद्यार्थीको संख्या बढेको हो । त्यसैगरी सरकारी कलेजमा सिमित कोटा छुटाइएको हुन्छ, त्यसपछि विद्यार्थीको रोजाइमा पर्ने भनेको निजी कलेज हो । निजी कलेजलाई पनि सरकारले कुनै सहयोग नगर्ने भएकोले धेरै शुल्क लिन बाध्य हुन्छन् । यसकारण विद्यार्थीहरुले यति शुल्कमा त भारत या अन्य देशमा नै पढ्न सकिन्छ भन्ने मानसिकता विकास भएको उनको भनाइ छ । विद्यार्थीहरुको स्वेदेशी इन्जिनियरिङ गुणस्तर राम्रो हुदैन भन्ने मान्यतालाई पछि पार्दै नेपालले पनि आफ्ना विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको छ । याँहाका कलेजहरुले प्रत्येक वर्ष दक्ष जनशक्ति उत्पादनमा जोड दिएको छ । अनुसन्धान तथा प्रयोगात्मक शिक्षालाई जोड दिइएको छ ।
त्यसैगरी कान्तिपुर भ्याली एकेडेमीका एकेडेमिक निर्देशक डा.मुकुन्द रञ्जितका अनुसार पहिलेको तुलनामामा नेपालमा इन्जिनियरिङ शिक्षाको अवस्था राम्रो भइरहेको छ । नेपाल एक विकासको क्रममा अघि बढदै गएको कारणले इन्जिनियरहरुको आवश्यकता पर्छ । स्वदेशमा उत्पादन हुने विजुलीको क्षमतालाई सदुपयोग गरी उत्पादन गर्नको लागि नेपालमा नै बसेर याँहाको परिवेश बुभन आवश्यक छ ।
नेपाल भौगोलिक रुपले निकै विकट छ । नेपालमा भएको पहाड हिमाल, खोला, नाला इत्यादिको ज्ञान एक इन्जिनियरलाई हुन जरुरी हुन्छ किनभने भविष्यमा गएर उसले यहि क्षेत्रमा काम गर्नु पर्ने हुन्छ । याँहा बसेर यहिको स्वदेशी कलेजमा अध्ययन गरेमा विद्यार्थीले नेपाली भूभागमा गर्न सक्ने विकासको प्रयोगात्मक रुपले शिक्षा प्राप्त गर्न सक्छ । प्रयोगात्मक शिक्षाले विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्छ । यति मात्र नभएर नेपालले इन्जिनियरिङ विषयलाई केन्द्रीत गरेर अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने पूवाञ्चल विश्वविद्यालयका डीन प्रा.डा शुभनारायण पाठकले बताँउछन् । हरेक वर्ष इन्जिनियरको माग उक्तिकै रहन्छ । नेपालमा अहिले मेलम्ची खानेपानी आयोजना, जलविद्युत आयोजनाहरु निमार्णधीन अवस्थामा छ त्यसको लागि पनि इन्जिनियरको आवश्यकता पर्छ । इन्जिनियरिङ पढ्नको लागि नेपाल उचित रहेको उनको भनाइ छ । अध्ययनका लागि आवश्यक पर्ने भौतिक, शैक्षिक, प्रयोगात्मक पूर्वाधारको सुविधा कलेजहरुले प्रदान गर्न थालेको छ ।
इन्जिनियरिङ गाह्रो पनि, महंगो पनि
इन्जिनियरिङ विषय जति गाह्रो हुन्छ त्यति नै महंगो पनि हुन्छ । इन्जिनियरिङ विषय विश्वमा नै गाह्रो मानिएको विषय हो । यस विषय पढ्न विद्यार्थीले निकै मेहेनत गर्नु पर्ने हुन्छ । यस विषयमा समय र पैसा दुवैको राम्रोसंग लगानी गर्नुपर्छ । मेहेनत जति गरिन्छ त्योको बराबर नै शुलक पनि तिर्नु पर्ने हुन्छ । सरकारले सीमित सिटमा दिएको छात्रवृत्तिका लागि लगभग सबै विद्यार्थीहरु भिड्ने गर्छन् ।
त्यसैले विद्यार्थीले सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक ज्ञान सिक्न जरुरी छ ।
व्यवहारिक ज्ञान आवश्यक
इन्जिनियरिङ एक व्यवहारिक विषय हो । यदि विद्यार्थीले व्यवहारिक ज्ञान प्राप्त गर्न सकेन भने उसले अवसर पनि कम प्राप्त गर्न सक्छ । पढनु र पढेको कुरा व्यवहारमा उर्तानु फरक कुरा हो । सैद्धान्तिक रुपले अब्बल भएपनि व्यवहारमुखी पढाइ नहुदाँ विद्यार्थी समस्यामा पर्ने र अवसर प्राप्त नगर्ने जस्ता समस्यामा परेका छन् । हरेक क्षेत्रमा अहिले अनुभवि व्यक्तिको माग बढिरहेको छ । इन्जिनियरिङ क्षेत्रमा होस वा अन्य कुनै क्षेत्रमा होस अनुभवि व्यक्तिलाई रुचाँउने गर्छन् । त्यसैले ज्ञान मात्र भएर अनुभव भएन भने बजारमा अवसरको कमि हुन्छ । त्यसैले विद्यार्थीले सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक ज्ञान सिक्न जरुरी छ ।
नेपालमा इन्जिनियरिङ अध्ययापन हुने कलेज
Lalitpur Engineering College (LEC)
National College of Engineering (NCE)
College of Biomedical Engineering and Applied Sciences
Gandaki College of Engineering and Science (GCES)
Himalaya College of Engineering
Nepal Engineering College (nec)
Hillside College of Engineering
Kathford International College of Engineering and Management
Aryan School of Engineering and Management
Kantipur International College
Everest Engineering College (EEC)
Kathmandu Engineering College11Nepal College of Information Technology (NCIT)
Khwopa College of EngineeringKhwopa Engineering College
Purbanchal University School of Engineering and Technology (PUSET)
Pokhara University School of Engineering
Advanced College of Engineering and Management
College of Engineering and Management
College of Information Technology and Engineering (CITE)
Cosmos College of Management and Technology
Eastern College of Engineering
Himalayan College of Geomatic Engineering and Land Resource Management
Himalayan Institute of Science and Technology (HIST)
Himalayan Whitehouse International College: School of Science and Technology
Lumbini Engineering,Management and Science College (LEMSC)
Lumbini International Academy of Science and Technology
Morgan Engineering and Management College
Nepal Western Management and Engineering College
Oxford College of Engineering and Management
Universal Engineering and Science College
Far Western University School of Engineering
Janakpur Engineering College Janakpur