इन्जिनियरिङ देश विकासको मेरुदण्ड हो । इन्जिनियरिङ एक यस्तो पेशा हो जसमा जनशक्तिको माग हरेक समय रहन्छ । देशलाई विकास तर्फ लैजान मद्दत गर्ने यस पेशाको महत्व दिनानुदिन बढ्दो छ । इन्जिनियरिङबाट मानिसले नाम र दाम दुवै कमाँउछ । अर्को शब्दमा भन्ने हो भने यो इन्जिनियरिङ पेशालाई आर्थिक र सामाजिक दृष्टिले बलियो पेशको रुपमा लिइन्छ ।
इन्जिनियरहरु विकास निमार्णका पयार्य हुन् । भवन, सडक, घरसंगै सफ्टवेयर, हाडवेयर कसरी बनाउन, कस्तो बनाउने सबै खाले उत्तर इन्जिनियरले दिन्छ । विस्तृत रुपमा इन्जिनियर भन्नाले भव्य महल, पुल, सडक, मोटर गाडि, साइकल, विजुली, कम्प्यूटर, टेलिफोन, मोबाइल, इन्टरनेट जस्ता सामग्रीको आविष्कार गर्ने, पुननिर्मााण, सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिलाई जनाँउछ । मनमा कल्पना गरेका तस्विरलाई वास्तविक संसारमा उत्तार्ने सामर्थ राख्ने पेशा हो इन्जिनियरिङ । त्यसैले पछिल्लो पुस्ता इन्जिनियरिङ तर्फ निकै आकर्षित छन् । प्रत्येक वर्ष नेपालमा इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्या बढदै गएको छ । इन्जिनियरिङ विषय प्रति विद्यार्थीहरुको रुचि बढदै जान थालेको छ ।
इन्जिनिरिङ प्रतिष्ठित पेसा मध्ये एक हो । वर्षेनी उल्लेखनिय संख्यामा प्लस टु दिएका विद्यार्थीहरु अध्ययनका लागि इन्जिनियरिङ तर्फ लाग्ने गर्छन् ।
प्लस टुमा विज्ञान विषय अध्ययन गरेका विद्यार्थीले इन्जिनियरिङ विषय पढ्न पाउँछन् । इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई) मा छात्रवृत्तिमा अध्ययन गर्न विद्यार्थीको संख्या वर्षौनी बढिरहेको छ । समाजमा निकै प्रतिष्ठित पेसाको रुपमा चिनिने हुनाले पनि यस तर्फ विद्यार्थीको आकर्षण बढदो छ ।
इन्जिनिरिङ क्षेत्रमा सैद्धान्तिकका साथै व्यवहारिक ज्ञान पनि प्राप्त गर्न सकिन्छ । यो विषय विश्वमै गाह्रो विषय मध्ये एक मानिन्छ । यो विषय पढ्न गाह्रो छ उती नै रोमाञ्चक पनि छ । इन्जिनियरिङ पढाइका हिसाबले सहज विषय भने होइन । निकै मेहेनत लाग्ने विषय हो इन्जिनियरिङ । करियरको हिसाबले उत्कृष्ट मानिने इन्जिनियरिङ भित्र पनि धेरै विषयहरु रहेको छ । नेपाल इन्जिनियरिङमा पढाइ हुने इन्जिनियरिङ विषय यस प्रकारका छन् । ती विषयहरु ः १) सिभिल इन्जिनियर २)इलेक्ट्रोनिक इन्जिनियर, ३) इलेक्ट्रोनिक एण्ड कम्युनिकेशन, ४)मेकानिकल इन्जिनियर, ५)कम्प्यूटर इन्जिनियर, ६) इन्भाइरोमेन्टल इन्जिनियर, ७) एग्रिकल्चर इन्जिनियर, ८) आर्किटेक्चर, ९) इलेक्ट्रिकल्स एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर , १०) बायोमेडिकल इन्जिनियर, ११) सफ्टवेयर इन्जिनियर, १२) वीइ इन आईटी इन्जिनियर, १३) इण्डष्ट्रियल इन्जिनियर, १४) जियोटेक्निकल इन्जिनियर, र रुरल इन्जिनियर विषय पढाइ हुन्छ । नेपालको विभिन्न विश्वविद्यालय गरी ४५ वटा कलेजमा इन्जिनियरिङ अध्ययापन हुन्छ । इन्जिनियरिङ कुल ८ सेमेष्टर अध्ययन गर्नुपर्छ । नेपालमा पढाइ हुने इन्जिनियरिङ विषय र त्यसका करियर यसतो छ ः
१) सिभिल इन्जिनियरिङ
इन्जिनियरिङ भित्र पर्ने निकै लोकप्रिय विषय हो सिभिल इन्जिनियरिङ । नेपालमा अहिले सबैभन्दा बढी माग भएको र उत्पादन हुने जनशक्ति यही हो । यस विषय भित्र राजमार्ग सडक, घर, अदिको निमार्णको बारेमा सिकिन्छ । बाहिर मात्र नभएर नेपालमा पनि यो विषयको स्कोप निकै राम्रो रहेको छ । यस क्षेत्रमा डिग्री हासिल गरेकाहरुको पुरै विश्वबाट माग गरिन्छ । सिभिल इन्जिजियरिङमा स्नातक गरेपछि मास्टर्समा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गर्न सकिन्छ ।
यसको करियर कस्तो छ ?
हाम्रो देश विकास तर्फ बढदै गएको देश हो । याँहा तिब्र रुपमा विकासका गतिविधि बढिरहेका छन । विकासको मूख्य पाटो हो पूर्वाधार । भौतिक पूर्वाधारको काम पनि त्रिव्र रुपले अगाडि बढिरहेको छ । त्यसमा सिभिल इन्जिनियरियको ठूलो भूमिका र यस विषयको स्कोप पनि निकै रहेको छ । सिभिल इन्जिनियरिङमा स्नातक गरेका विद्यार्थी हाइड्रोपावर, वाटर रिसोर्स, स्ट्रक्चरल इन्जिनियरिङ, इन्भारमेन्टल इन्जिनियरि, जियो–टेक इन्जिनियरिङ लगायतका विषयमा दक्षता हासिल गर्न सक्छन् ।
२) आर्किटेक्चर इन्जिनियरिङ
आर्किटेक्चर इन्जिनिरियङ पनि इन्जिनिरियङको विविध विधा मध्ये एक हो । यो विषय मूलतः घर निमार्णसँग सम्बन्धित छ । यो विषय आवास, वाणिज्य, पुलहरुको, ढाँचा बनाउन कुरामा केन्द्रित छ । यो क्षेत्रसंग आबद्ध हुन राम्रो ढाचा तयार ज्ञान मात्र नभई अन्य धेरै ढाचाहरुको पनि ज्ञान हुन आवश्यक छ । यो विषयको स्कोप ढांचा निमार्णमा मात्रै सिमित छैन । यो विषय अध्ययन गर्ने विद्यार्थीले अर्बन प्लानिङ, कन्स्ट्रक्सनल म्यानेजमेण्ट लगायतामा क्षेत्रमा पनि दक्षता हासिल गर्न सक्छन् ।
यसमा करियर कस्तो रहेको छ ?
यो विषय पढेका विद्यार्थीले निजी दृढ वा परामर्श संस्थाका लागि सल्लाहकार र डिजाइनरका रुपमा काम गर्न सक्छन् । विभिन्न शहरी भवान तथा गाँउपालिका, नगरपालिका जस्ता ठाँउमा स्थानिय विकास अधिकारीका रुपमा काम गर्न सकिन्छ ।
यो विषय अध्ययन गर्ने विद्यार्थीले अर्बन प्लानिङ, कन्स्ट्रक्सनल म्यानेमेण्ट लगायतामा क्षेत्रमा पनि दक्षता हासिल गर्न सक्छन् ।
३) कम्प्यूटर इन्जिनियरिङ
कम्प्युटर इन्जिनियरिङ पूर्णरुपले कम्प्यूटर सफ्टवेयरसँग र हार्डवेयरसँग सम्बन्धित छ । नयाँनयाँ सफ्टवेयर निमार्णका लागि यस विषयको खाँचो पर्छ । विज्ञानको युग भएको कारणले यसको स्कोप निकै रहेको छ । नेपालमा मात्र नभएर यो विषयको संसार भरि नै उत्तिकै आकर्षण छ । यसको अध्ययन गरिसकेपछि विद्यार्थीले कम्प्यूटर र विधुतिय दुवै क्षेत्रमा हात हाल्न सक्छन् । यस विषयमा पोक्त हुनको लागि हार्डवेयर सम्बन्धि कुराहरु जस्तै स्क्रिन, किर्बोड, मदरबोर्ड, हार्डड्राइभ आदिहरुको मात्र अध्ययन गरेर हुदैन हामीले सफ्टवेयरको बारेमा पनि बुभन आवश्यक हुन्छ ।
यसमा करियर कस्तो छ ?
आईटीमा अहिले नेपालमा मात्र नभएर देशविदेशमा यसको स्कोप रहेको छ । विभिन्न सफटवेयर कम्पनि, वेब डिजाइन, बैंक, आईटी कम्पनी, दुरसञ्चार इत्यादिमा स्कोप रहेको छ । त्यसैगरी आईटी व्यवसाय सञ्चालन विश्लेषक, आईटी प्रबन्धक, जानकारी आर्किटेक्ट वा प्रणाली प्रशासक, परामर्श वा आईटी कम्पनीमा रणनीति परामर्शदाताका रुपमा काम गर्न सकिन्छ । यसैगरी कम्प्युटर इन्जिनियरिङले यस्ता विभिन्न क्षेत्रहरुमा कामको अवसर प्राप्त गर्न सक्छन् ।
४) बायोमेडिकल इन्जिनियरिङका
यो विषय अन्तर्गत औषधी उपचारमा आवश्यक उपकरणको निमार्ण तथा मर्मत एंव मेडिकल क्षेत्रमा आवश्यक अन्य सामग्रीको इन्जिनियरिङबारे अध्ययन हुने क्षेत्र हो यो । त्यसैगरी अस्पतालमा प्रयोग गरिने ईसीजी, एक्सरे जस्ता उपकरणहरुको निमार्ण पनि यही इन्जिनियरिङ विषय भित्र पर्छ । शरीरको एक भागको तन्तु विकास गरेर अर्को भागमा जोड्ने कामका लागि यही इन्जिनियरिङ आवश्यकता पर्छ । यो एक यस्तो विषय हो जसले बायोकम्प्याटिवल सामग्री निमाणर््ा, कृतिक उत्तक र अंगहरुसँग निमार्ण गर्न सिकाँउछ । जस्तै मुटुको कृतिम भल्भ, कृतिम अग्न्याशय, कृतिम मूत्रथौ इत्यादि ।
यसमा करियर कस्तो छ ?
बायोमेडिकल इन्जिनियरिङमा राम्रो रोजगारीको अवसर प्राप्त गर्न सकिन्छ । बायोमेडिकल इन्जिनियरहरुले हस्पिटल, अनुसन्धान केन्द्र, चिकित्सा उपकरण निमार्ण कम्पनीमा रोजगारी पाउन सकिन्छ । कृतिम अँगकोको निमाणर््ा र यसको लागि चाहिने उपकरणको बारेमा ज्ञान दिने भएकोले गर्दा यस विषयको निकै महत्व बढदै गएको छ ।
५) इलेक्ट्रिकल इन्जिनियरिङ
इलेक्ट्रिकल इन्जिनियरिङ अन्तर्गत विद्युत्तीय विषय पर्छ । विद्युत्तीय प्रणली निर्माण, विकास र जाँच सम्बन्धि सीप सिक्ने मौका यस विषय पाइन्छ । यसमा घर तथा भवनहरुमा बत्ति हाल्ने, तारहरु जोड्ने, सञ्चार माध्यम जडान गर्ने, मेसिनहरु फिट गर्ने गाडि र हवाइजहाजहरुको विद्युत्तीय उवकरणहरु फिट गर्ने आदि कार्यहरु पर्दछ । यस विषय भित्र इन्जिनियरिङका विभिन्न पक्षहरु छन् । कम्प्यूटर, विद्युत, मोटर, दुरसञ्चार र साधन आदि बारे ज्ञान पाउन सकिन्छ । नेपाल जस्तो जलविद्युत्तीयको उच्च सम्भावना रहेको देशमा यसको राम्रो भविष्य रहेको छ ।
यसमा करियर कस्तो छ ?
यो विषयको निकै स्कोप रहेको छ । उद्योग, पावर प्लान्ट, वैकल्पिक ऊर्जा, विभिन्न नल विद्युत आयोजनाहरुमा रोजगारिको अवसर रहेको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल एयरलाइन्स, नेपाल टेलिकम, एनसेल इत्यादिमा जागिरको अवसर प्राप्त गर्न सक्छन् । विद्युत्तीकरण र डिजाइनका लागि यो इन्जिनियरिङ धेरै राम्रो छ ।
६) इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेसन इन्जिनियरिङ
इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेसन इन्जिनियरिङ सञ्चार प्रविधिका स ः साना सामग्रीसँग सम्बन्धीत छ । आजको युग विज्ञानको युग भएको कारण इलेक्ट्रिकल उपकरणहरुको महत्व बढि छ । कुनै पनि क्षेत्रकम इलेक्ट्रिकल उपकरण विना कार्य सफल हुन सक्दैन । आज जति पनि प्रकारको मोबाइल, कम्प्यूटर र अन्य उपकारणहरु छन् ती सबै इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेसन इन्जिनियरिङसँग सम्बन्धित छ । यो एक राम्रो स्कोप भएको विषय हो ।
यसमा करियर कस्तो छ ?
यो विषय पढेको विद्यार्थी उद्योग निमार्ण, दुर संचार, मोटर, मोबाइल, ऊर्जा क्षेत्र सौर्य फोटो विशेषज्ञका रुपमा काम गर्न सक्छन् । त्यसैगरी डिजाइन, सम्मिलित प्रणली र रोबेटिक्स नेटर्वोकिङ, अप्टिकल फाइबर प्रसारण इन्जिनियर, आईसीसी आदिका रुपमा रोजगार प्राप्त गर्न सक्छन् । ब्याच्लर गरेकाहरुले डाटा कम्युनिकेसन, डिजिटल सेटलाइट कम्यूनिकेसन आदिमा दक्षता हासिल गर्न सक्छन् ।
७) एग्रिकल्चर इन्जिनियरिङ
यो विषयले कृषि क्षेत्रमा आफ्नो ढाँचा र योजना सृजना गर्न मद्दत गर्छ । नेपाल एक कृषि प्रधान देश हो र यो इन्जिनियरिङले यस क्षेत्रमा राम्रो तरिका र संरचनात्कम रुपले अगाडि बढाउदै लैजान्छ । नेपाल तथा कृषि क्षेत्रमा कसरी आधुनिकिकरण ल्याउन सकिन्छ भन्ने ज्ञान यस विषयले दिने गर्छ । कृषिमा प्रयोग हुने आधुनिक सामग्रीहरुको निमार्ण र डिजाइन यस विषमा अध्ययन गर्न पर्ने हुन्छ ।
यसको कस्तो स्कोप रहेको छ ?
नेपाल एक कृषि प्रधान देश हो । देशमा आधुनिकिकरणले राज गरेता पनि मानिसहरु आधुनिक कृषि उपकरणहरुको प्रयोग धेरै गरेको पाइदैन । यसमा एक एग्रीकल्चर इन्जिनियरिङलाई कृषि क्षेत्र विकास गर्न निकै मद्दत पुराउन सक्छ । एग्रिकल्चर इन्जिनियरिङको मूख्य काम भनेको कृषि उपकरणहरु बनाउने हो । त्यसैले यस विषय पढ्ने विद्यार्थीले यसै क्षेत्रमा अवसरप्राप्त गर्न सक्छन् ।
८) मेकानिकल इन्जिनियरिङ
मेकानिकल इन्जिनियरिङले इन्जिन र मेसिनहरुको निर्माण गर्ने ज्ञान दिन्छ । मेकानिकल इन्जिनियरिङ औद्ययोगिकीकरणको मेरुदण्ड मानिन्छ । उद्योग, कलकारखानामा आवश्यक पर्ने मेसिनहरुको निर्माण यही विषय अन्तर्गत पर्छ । त्यसको साथै यस क्षेत्रका इन्जिनियरहरु मोटर र साना हवाइयन्त्र निर्माण, लिफ्ट, फ्रिज आदि निमार्ण गर्छ । यो क्षेत्रमाले नयाँनयाँ मेसिनरी सामानहरुको निमार्ण गरी मानिसलाई धेरै सजिलो बनाइएको छ । मेकानिकल इन्जिनियरिङले देश विकासमा ठूलो भूमिका निवार्ह गर्छ ।
यसको स्कोप कस्तो रहेको छ ?
मेकानिकल इन्जिनियरिङको नपालमा मात्रै नभएर विश्वभरि नै यसको स्कोप रहेको छ । यो विषय अध्ययन गर्ने विद्यार्थीले हाइड्रोपावर पाल्न्ट, अटोमोबाइल कम्पनी, कन्स्ट्रक्सन कम्पनी, अल्ट्रनेटिभ इनज्रि प्रोजेक्ट जसता क्षेत्रमा अवसर प्राप्त गर्न सक्छन् ।