बुबाासँग बढि समय बिताँउने बालबालिकाको दिमाग तेज हुने


काठमाडौं/२२ कार्तिक-काठमाडौंमा बसोबास गर्ने बालबालिकाहरुले आफ्नो आमाबुबाको समय धेरै पाएका हुदैनन् । आमा वुवा दुवै कमाउन र परिवार पाल्न पटि लागेका हुन्छन् र बालबालिकालाई प्रयाप्त समय दिन पाउदैनन् । विशेष गरी बुबा आफ्नो बालबच्चासंग समय कम नै बिताउने गर्छन् ।


तर लन्डनको विश्वविद्यालयमा भएको एक अनुसन्धानले बुवासंग पढ्ने, खेल्ने बालबालिकाको दिमाग तेज हुदै जाने पत्ता लगाएको छ ।


बालबालिकाहरु बुबासंग बढि समय बिताँउछन् उनीहरुको दिमाग सामान्य बच्चा भन्दा अलि तेज हुने अनुसन्धानले देखाएको छ । एउटा बुवाले बच्चाहरुसंग कति र कसरी समय बताँउछ भन्ने कुराले एक बालबालिकाले बुद्धि विकासमा धेरै अन्तर पार्छ ।


अनुसन्धानमा १२८ बुबा र बालबालिका माथि अनुसन्धान गरिएको थियो । त्यस अनुसन्धानमा उनीहरुले तीन महिनासम्म बुबा र बालबालिकालसंगै समय बिताएको र खेलेको भीडियो बनाएका थिए । त्यसको दुई वर्ष पछि बालबालिकाको मानसिकताको परिक्षण गरिएको थिए ।


अनुसन्धानको क्रममा पिता शान्त, संवेदनशील छन् भने बच्चाको दिमाग तेज हुन्छ र बुद्धिमानी भएको पत्ता लगाएको छ ।