अनुपम खेरले लिए काठमाडौंमा भेटिएकी बालिकाको पढाइको जिम्मा

काठमाडौं/१७ कार्तिक-बलिउड अभिनेता अनुपम खेरले पशुपति मन्दिरमा भेटिएकी एक बालिकाको पढाइको जिम्मा लिएका छन् । बालिकाले स्कुल जान चाहे पनि पैसा नभएको बताए पछि अनुपम खेरले बालिकाको पढाइको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका हुन् ।


आफ्नो नाम आरती भएको र भारतको राजस्थान घर भएको बताएकी बालिकाले स्कुल जान मन लागे पनि पैसा नभएको कारण नगएको मंलबार अनुपमले गरेको ट्वीटमा बताएकी छन् । तर स्कुल गएर भविष्य बनाउने चाहाना छ उनले भनेकी छन् । बालिकाले खेरसँग पैसा मागेको र राम्रो अंग्रेजी बोल्ने क्षमता भएको भन्दै प्रशंसा गरेका छन् ।


ती बालिकालाई हिन्दी फिल्म ‘उचाइ’ छायाँकनका लागि नेपाल आएको बेला गत साता पशुपतिनाथ मन्दिर परिसरमा भेटेका थिए ।