परिमार्जन भएको पाठ्यक्रम लागू गर्न सिटिइभिटीको निर्देशन

काठमाडौं /१५ कार्तिक-सिटिइभिटी पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले परिमार्जन भएको पाठ्यक्रम लागू गर्नका लागि निर्देशन दिएको छ । पाठ्यक्रम समितिको विभिन्न बैठकबाट स्वीकृत भई यसै शैक्षिक सत्रदेखि लागू गर्ने निर्णय भएका कारण निर्देशन दिएको हो ।


परिषद्का आंगिक, साझेदारी,टिइसिएस र सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुलाई यसै शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरुलाई अनिवार्य रुपमा अध्ययन अध्यापन गराउन भनिएको छ ।