काठमाडौं/१४ कार्तिक-अनेरास्ववियुले स्वावियु निर्वाचन फागुन १४ गते सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै फागुन १४ गते सम्पन्न गर्ने गरी स्वावियु निर्वाचन तालिका सार्वजनिक गर्न माग गरेको हो ।
त्यसैगरी चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी हुनेगरी चिकित्सा शास्त्र अध्ययन सस्थान महराजगंजले गरेको शुल्क वृद्धिको निर्णय फिर्ता लिई बढीलिएको शुल्क तत्काल फिर्ता गर्न माग गरेको छ ।
विश्वविद्यालयले शैक्षिक क्यालेण्डर अनुसारको शैक्षिक सत्र प्रारम्भ,परीक्षा सचालन र नतिजा प्रकाशन समयमै गर्न र मौका परीक्षाको प्रतिक्षामा रहेका विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दे सबै तहका परीक्षाको तालिका सार्वजनिक गरियोस पत्रमा उल्लेख गरीएको छ ।
‘त्रिभूवन विश्व विद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सञ्चालन गरियोस, ज्ञापन पत्रमा भनिएको छ, ‘सक्षम प्राध्यापकबिना स्तरीय पठनपाठन र अनुसन्धान हुन नसक्ने भएकोले प्रतिस्पर्धाबाट छनोट गर्ने एक मात्र पद्धती अबलम्बन गरियोस । विश्वविद्यालय सेवा आयोगलाई नियमित गर्न माग गरेको छ ।’
यस्ता छन् अनेरास्ववियुका मागहरु:
१.लामो समय देखि विभिन्न बाहानामा रोकिएको स्ववियु निर्वाचन १४ फागुन २०७८ मा सम्पन्न गर्ने गरी कार्यतालिका तत्काल सर्वजनिक गर्न जोडदार माग गर्दछौ ।
२.“क्अजयय िया” नाममा संचालिन शैक्षिक कार्यक्रम गरिब तथा जेहेन्दार विद्यार्थीहरुको पहुँचमा पुग्ने गरी पूर्ण छात्रवृत्तिको व्यबस्था गरियोस् ।
३.चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी हुने गरि चिकित्सा शास्त्र अध्ययन सस्थान महराजगंजले मिति २०७८/०७/०७ गते गरेको शुल्क वृद्धि सम्बन्धी निर्णय तत्काल फिर्ता लिन र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गर्न जोडदार माग गर्दछौ ।
४.त्रिभूवन विश्व विद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सञ्चालन गरियोस् ।
५.सक्षम प्राध्यापक बिना स्तरीय पठनपाठन र अनुसन्धान हुन नसक्ने भएकोले प्रतिस्पर्धाबाट छनोट गर्ने एक मात्र पद्धती अबलम्बन गरियोस । विश्वविद्यालय सेवा आयोगलाई नियमित गरियोस् ।
६. विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनुसारको शैक्षिक सत्र प्रारम्भ, परिक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गरियोस् । सेमेस्टरको हकमा २ महिना भित्रमा र वार्षिक परिक्षाको हकमा ३ महिना भित्रमा परिक्षाफल अनिवार्य प्रकाशित गरियोस् ।
७. मौका परिक्षाको प्रतिक्षामा रहेका विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै सबै तहका परिक्षाको परिक्षा तालिका सार्वजनिक गरियोस् ।
८.कोभिड १९ महमारीको समयमा विद्यार्थीहरुबाट लिएका सम्पूर्ण शुल्क फिर्ता गरियोस् ।
९.परिक्षा नियन्त्रण कार्यलयबाट भईरहेको ढिलो सुस्ती र अस्तव्यस्तता अन्त्य गर्न सबै खाले प्रमाणपत्र र अन्य सम्पूर्ण कामहरु इलष्लिभ को माघ्यमबाट गरियोस् । परिक्षा नियन्त्रण कार्यालयलाई व्यवस्थित गरियोस् ।
१०.राष्ट्रिय आवश्यकता अनुसारको प्रविधिमैत्रि शिक्षामा जोड दिदै सोही अनुरुपको भौतिक पूर्वाधार र अन्य संरचना निमार्णमा विशेष ध्यान दिईयोस् ।
११. विश्व विद्यालयका अनाधिकृत रुपमा प्रयोग भईरहेका भौतिक संरचना एवं सम्पूर्ण सम्पतीहरुको पहिचान गरी अविलम्ब आफ्नो मातहतमा ल्याई शैक्षिक विकासको लागि प्रयोग गरियोस् ।
१२. पिछडिएको क्षेत्र, द्धन्द पिडित, उत्पीडित, महिला र विपन्न समुदायका विद्यार्थीहरुलाई विशेष छात्रावृत्तिको व्यवस्था गरी विश्वविद्यालय शिक्षामा समुदायको पहुँच वृद्धि गरियोस् ।
१४. देशभरीका क्याम्पसका छात्रावासहरुको मर्मत संभार एवं अत्याधुनीक प्रविधी सहित निर्माण गरी सञ्चालन गरियोस् ।
१५. सम्बन्धन प्राप्त आंगिक, सामुदायिक र निजी शैक्षिक सस्थाहरुमा नियमित अनुगमन गरी वैज्ञानिक शुल्क निर्धाण गरी कार्यान्वय गरियोस् ।
१६. पाठ्यक्रमलाई सयम अनुसार परिमार्जन गर्दै लगियोस् ।
१७. विश्वविद्यालयका नियुक्तीहरु योग्यता, क्षमता, कामको प्रस्ताबना र स्वच्छ प्रतिस्पर्धाको आधारमा हुने व्यवस्था गरियोस् ।



