सहमतिपछि अनिश्चितकालका लागि विद्यालय बन्द फिर्ता

डोटी/१४ कार्तिक – डोटीको आदर्श गाउँपालिका र शिक्षकबीच आज बिहान सहमति भएसँगै अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने घोषणा फिर्ता भएको छ । गाउँपालिकाले सरकारको निर्णय पालना गर्ने लिखित प्रतिबद्धता दिए पछि विद्यालय बन्द गर्ने घोषणा फिर्ता भएको हो ।


गाउँपालिकाले विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताको वृद्धि भएको तलब साउनदेखि दिने सहमति भएको गाउँपालिका अध्यक्ष टेक बहादुर रोकायाले बताए ।


सरकारले तलब वृद्धि गर्ने निर्णय गाउँपालिकाको बजेट तयारीभन्दा ढिला भएकोले समस्या भएको बताए तर आफुले पहिलै देखि व्यावस्थापन गर्ने जनाए पनि शिक्षकहरु आन्दोलनमा गएको उनले बताए । उनले भने ‘सरकारको निर्णय हामीले पालना नगर्ने भन्ने हुँदैन । तर असारमा हाम्रो बजेट तयार भयो सरकारले साउनमा निर्णय सुनाउँदा समस्या भएको हो’ ।


आन्तिरीक राजश्वको काम रहेको र त्यसको व्यावस्थापन भए पछि खातामा हाल्ने सहमति भएको जानाए । गाउँपालिका र आन्दोलनरत शिक्षकको सहमतिपछि विद्यालय नियमित पठनपाठन भइरहेको छ ।


वृद्धि भएको कर्मचारी र बाल विकास सहजकर्ताको सरकारको निर्णय पालना नगरेको भन्दै शिक्षक तथा कर्मचारीहरुले आइतबारदेखि अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए ।


गाउँपालिकाभित्र माध्यामिक र आधारभूत गरी ३४ वटा विद्यालय रहेका छन् ।