इन्जिनियरिङ विषयमा भर्नाका लागि आवेदन खुला


काठमाडौँ /२२ असोज-मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकाय अन्तर्गत स्नातकोत्तर तहमा भर्नाका लागि आवेदन खुला गरिएको छ । शैक्षिक सत्र २०७८ /०७९ का लागि आवेदन खुला गरिएको हो ।


आवेदन समय असोज २२ गते देखि कार्तिक २६ गते भित्र भर्नु पर्ने छ । साथै मंसिर ७ गते बिहान ११ बजे देखि १ बजे सम्म प्रवेश परीक्षा सञ्चालन हुने छ, भने इन्जिनियरिङ केन्द्रीय क्याम्पस वीरेन्द्र नगर सुर्खेतमा परीक्षा केन्द्र रहेको जनाएको छ ।