काठमाडौं/१९ असोज- नेपाल शिक्षक महासङ्घले प्रधानाध्यापक माथि अभद्र व्यावहार भएको भन्दै विरोध गरेको छ । ज्वाला मा.वि बेस्तडा दैलेखका प्रधानाध्यापक देवेन्द्र राज अधिकारी माथि सोहि विद्यालयका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नन्दे खड्काबाट अभद्र व्यावहार भएको भन्दै विरोध गरेको हो ।
यस घटनामा नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले निन्दा तथा भत्र्सना गर्दे घटनाबारे छानविन गरी दाषी उपर कडा कर्बाही गर्न सरकार समक्षा माग गरेको छ ।
प्रधानाध्यापक देवेन्द्र राज अधिकारी नेपाल शिक्षक महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष हुन् ।




