काठमाडौं/१८ असोज–सिटिइभिटि प्रदेश १ कार्यलयले डिप्लोमा प्रमाणपत्र तहको निशुल्क छात्रवृत्ति तर्फको नतीजा प्रकाशन गरेका छन् । डिप्लोमा, प्रमाणपत्र तहको शैक्षिक सत्र २०७८ /०७९ का लागि निशुल्क छात्रवृत्तिमा आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतीजा प्रकाशन गरेका हुन् ।
डिप्लोमा, प्रमाणपत्र तह प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धि निर्देशिका २०७४ अनुसार छात्रवृत्ति अध्ययन गर्न इच्छुक विद्यार्थीहरुबाट निर्धारीत समयमा फारम भरेका योग्य आवेदकहरुको परिषद् परीक्षा नियन्त्रण कार्यलयको प्रवेश परीक्षा सञ्चालन छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धि निर्देशिका बमोजिम र सूचनामा उल्लेख गरिए अनुसार वरियताक्रमको आधारमा नतिजा प्रकाशित गरिएको छ ।




