पालिका गान रचनाका लागि सार्वजनिक सूचना जारी

काठमाडौं/१० असोज-कागेश्वरी मनोहरा नगरपालिकाले पालिका गान रचनाका लागि सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिकाले पहिचान झल्किने र भूगोल, संस्कृति, समाज,पर्यटन, अर्थ लगायतलाई समावेश गरी पालिका गान रचनाका लागि सार्वजनिक सूचना जारी गरेको हो ।


मानक नेपाली भाषामा सहजबोध हुनेगरी ४० देखि ७५ शब्दको सिमा भित्र रहेर असोज २५ गते भित्रसम्ममा इच्छुक व्यक्तिले रचना पठाउन सकिने जनाएको छ । साथै छनोट भएको पालिका गानका रचनाकारलाई रु एक लाख पुरस्कार प्रदान गरिने जनाएको छ ।


रचना आफै आई खामबन्दी गरी नगरपालिकामा बुझाउन सकिने वा दिनको ५ बजे भित्र आइपुग्ने गरी इमेलमा पनि पठाउन सकिने छ ।


त्यसैगरी छनोटको सर्वाधिकार विषय विशेषज्ञहरु रहेको पालिका गान चयन समितिमा रहने र छनोट भएको पालिका गानमा विषय विशेषज्ञ समितिले आवश्यक परिमार्जन गर्न सक्ने जनाएको छ ।