विदेशी विश्वविद्यलायका सम्बन्धनमा खुलेका कलेजको सेयर दिने प्रलोभनमा करोडौं ठगि

काठमाडौं /१० असोज-विदेशी विश्वविद्यलायका सम्बन्धनमा खुलेका कलेजको सेयर दिने प्रलोभनमा करोडौं ठगि भएको खुल्न आएको छ । मापदण्ड मिचि कलेजको सम्बन्धन,ठाउँ सारी, नामसारी जस्ता विषयमा राजनितिक पहुँचको आधारमा र शिक्षा मन्त्री देखि मन्त्रालयका कर्मचारी समेत मुछ्निे गरेका छन् ।


केन्ट कलेज अफ टेक्नोलोजि म्यानेजमेन्टका अध्यक्ष सञ्जिव कुमार झाले एक भन्दा बढी कलेज दर्ता गर्ने र ति कलेजमा सेयर दिने भन्दै करडौ ठगी गर्ने गरेको पिडितहरुले बताएका छन् । झाले शिक्षा मन्त्रालयबाट फर्जि कागजात बनाई अन्य सेयर सदस्यलाई झुक्याएर तिन करोड रुपैयाँ भन्दा बढी ठगि गरेको भेटिएको छ ।


उनले मन्त्रालयका उच्च शिक्षा शाखाका उपसचिव लक्ष्मी कुमार खड्कासँग आर्थिक लेनदेनमा ठगिधन्दा सञ्चालन गरेको पिडित बताउछन् । मन्त्रालयले एउटा निवेदनको आधारमा मात्र ठाउँ सारी, नामसारीको अनुमति दिएको आरेप छ । पिडितका अनुसार मन्त्रालयले एउटै चलानी नम्बरमा दुईवटा पत्र समेत दिएको बताएका छन् ।


आरोपित झा ठगि आरोपमा जिल्ला अदालत काठमाडौंको अदेशमा पुरपक्षमा थुनामा छन् । उनलाई भदौ दोस्रो साता काठमाडौं प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको थियो ।