कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं/२३ साउन- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको संक्रमण बढ्दै गएको र जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेसँगै स्थगित भएको हो ।


शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा अर्को सुचना नआउन्जेल सम्मका लागि स्थगित गर्ने निर्णय भएको जानकारी दिएको छ ।


हाललाई परीक्षा स्थगित भएपनि अवस्था हेरेर मन्त्रालय र सीसीएमसीसँग छलफल गरेर १५ दिनको सुचना जारी गरी परीक्षा सञ्चालन गर्ने निर्णय भएको बोर्डले जनाएको छ । परीक्षा सञ्चालन गर्दा भौतिक रुपमै परीक्षा सञ्चालन हुने बोर्डले बताएको छ ।