काठमाडौं/२१ साउन- सिटिईभिटि परक्षिा नियन्त्रण कार्यलयले डिप्लोमा तह सेमेस्टर प्रणाली अन्तर्गतका नियमित, आंशिक परीक्षा र विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमको आंशिक तर्फको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
सिटिईभिटिले २०७८ असार २३ को सूचना बमोजि सेमेस्टर प्रणाली अन्तर्गतका प्रथम वर्ष प्रथम खण्डको नियमित, आंशिक परीक्षा र विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम तर्फका आंशिक परीक्षाको आवेदन फारम भरेका विद्यार्थीको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।




