रिले अनशनमा संयुक्त विद्यार्थी संगठन

सुर्खेत /२१ साउन- आन्दोलनरत मध्यपश्चिम विश्वविद्यालयका संयुक्त विद्यार्थी संगठन बुधबारदेखि रिले अनशनमा बसेका छन् । आफ्ना मागहरु प्रति विश्वविद्यालयले चासो नदेखाएको भन्दै रिले अनशनमा बसेका हुन् ।


संयुक्त विद्यार्थी संगठनले १८ बुँदे मागको राख्दै चरणबद्ध आन्दोलन गर्दे आइरहेको र सो क्रममा बुधबार रिले अनशन शुरु गरेका हुन् । विद्यार्थीसँगै प्राध्यापकहरू पनि आन्दोलनमा रहेका छन् । विश्वविद्यालयमा कार्यरत प्रध्यापक तथा कर्मचारीलाई पदाधीकारीबाट त्रासपूर्ण वतावरण सिर्जना गरी निलम्बन,ग्रेड रोक्का, सरुवा बर्खास्त गरिएका निर्णय खारेज गर्नुपर्ने माग राख्दै आन्दोलनमा छन् ।


विद्यार्थीहरुको मुख्य मागमा विद्यार्थीहरुले अनलाईन मार्फत परीक्षा हुनुपर्ने,कोभिड अवधिको शुल्क पूर्ण रुपमा मिनाह गर्नुपर्ने,विद्यार्थीहरुलाई २० प्रतिशत छात्रवृत्ति कायम गरिनुपर्ने,हाइड्रोपावर इन्जिनियरिङ, नेपाल इन्जिनियरिङ काउन्सिल दर्ता गर्नुपर्ने लगायतका १८ बुँदे माग राख्दै आयका छन् ।


त्यसैगरी संयुक्त विद्यार्थी संगठन र प्राध्यापकहरूको आन्दोलनले विश्वविद्यालयको परीक्षा स्थगित हुनुका साथै सम्पुर्ण पठनपाठन बन्द भएका छन् । विश्वविद्यलायले आन्दोलनरत विद्यार्थी सङ्गठन र विश्वविद्यालयद्वारा गठित वार्ता टोलीबीच वार्ता भइरहेको जनाए पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन ।