मध्यपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा अनिश्चित, परीक्षाका पुनः एक साता सारियो

सुर्खेत/२० साउन-मध्यपश्चिम विश्वविद्यालयका प्रध्यापक र विद्यार्थीहरु आन्दोलित भए पछि विश्वविद्यालयका परीक्षा अनिश्चित भएको छ । स्ववियु, अखिल क्रान्तिकारी, अखिल छंठौं,अनेरास्ववियुसहित नेपाल राष्ट्रिय प्रध्यापक सङ्गठनलगायतका सङ्गठन आन्दोलित भएका कारण परीक्षाका कार्यक्रम पुनः एक साता सारिएको हो ।


विश्वविद्यालय, परीक्षा व्यवस्थापन कार्यालयले मंगलबार सूचना जारी गर्दै पूर्वनिर्धारित परीक्षाका कार्यक्रम असामान्य परिस्थितिका कारण पुनःएक साताका लागि स्थगित गरिएको जनाएको छ । परीक्षा व्यवस्थापन कार्यालयले साउन १२ गतेदेखि सञ्चालन गर्ने गरी विज्ञान तथा प्रविधि सङ्कायको स्नातक र स्नातकोत्तर तहको सत्रान्त परीक्षाको समयतालिका सार्वजनिक गरेको थियो ।


विभिन्न माग राख्दै आन्दोलनरत विद्यार्थी सङ्गठन र विश्वविद्यालयद्वारा गठित वार्ता टोलीबीच भइरहेको वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।


विद्यार्थीहरुले अनलाईन मार्फत परीक्षा हुनुपर्ने,कोभिड अवधिको शुल्क पूर्ण रुपमा मिनाह गर्नुपर्ने,विद्यार्थीहरुलाई २० प्रतिशत छात्रवृत्ति कायम गरिनुपर्ने,हाइड्रोपावर इन्जिनियरिङ, नेपाल इन्जिनियरिङ काउन्सिल दर्ता गर्नुपर्ने लगायतका १८ बुँदे माग राख्दै केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् ।


यता प्रध्यापकहरुले उपप्रध्यापकको कारबाही फिर्ता लिनु पर्ने , राजनितिक पूर्वाग्रह राख्दै एकपक्षिय ढङगले गरीएका पदाधिकारी नियुक्तिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने,उपप्रध्यापक तथा कर्मचारीको विज्ञापन र छनोट प्रक्रिया तुरुन्तै गर्नुपर्ने, लामो समय देखि पढाउदै आएका प्रध्यापकहरुलाई करार बनाईनुपर्ने र करार रहेकालाई विशेष आन्तिरीक प्रक्रियाबाट स्थाई बनाईनु पर्ने माग राखेका छन ।


त्यस्तै, उनिहरुले इन्जिनियरिङ सङकाय अन्र्तगत एम.ई कार्यक्रमका निर्देशक उपप्रध्यापक विश्वनाथप्रसाद यादवलाई उपकुलपति द्धारा विनाकारण सेवाबाट बर्खास्त गरिएको भन्दै फिर्ता लिनुपर्ने माग राखेका छन् ।


विश्वविद्यालयमा कार्यरत प्रध्यापक तथा कर्मचारीलाई पदाधीकारीबाट त्रासपूर्ण वतावरण सिर्जना गरी निलम्बन,ग्रेड रोक्का, सरुवा बर्खास्त गरिएका निर्णय खारेज गर्नुपर्ने उँहाहरुको माग राखेका छन् ।