काठमाडौं /१७ साउन-गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले ईन्टरनेट बिना कक्षा संचालन गर्न मिल्ने एप्लिकेसन ल्याउन लागिएको बताउनु भएको । नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समितिले शुक्रवार काठमाडौमा गरेको नवनियुक्त मन्त्री श्रेष्ठलाई बधाई तथा संमान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले उक्त जानकारी दिनु भएको हो ।
शिक्षालाई थप गुणस्तरीय र प्रबिधि मैत्री बनाउन आफू लागि परेको बताउदै कोभिडका कारण नेपालको शिक्षा प्रणाली शहर तिर अनलाइन बन्दै गएको र गाउँमा ईन्टरनेटको अभाव हुँदा अनलाइनमा कक्षा संचालनमा कठिनाइ भएका कारण बिना ईन्टरनेट अनलाइन कक्षा संचालन गर्न सकिने एप्लिकेसनको विकास गर्न लागेको बताउनु भयो ।
मन्त्री श्रेष्ठले भन्नु भयो “विदेशमा यस्तो प्रविधि प्रयोग आइसकेको भएपनि नेपालमा भित्री नसकेकोले म मन्त्री भए लगत्तै बिदेशी बिज्ञा बोलाएर यस विषयमा अध्यन गरिएको छ ।” यो एप्लिकेसनमा मोबाइल मोबाइल र सिम भएपछि अनलाइन कक्षा पढ्न र पढाउन ईन्टरनेटको आवश्यकता नपर्ने जानकारी दिनु भयो ।



