काठमाडौँ /१५ साउन- कोभिड-१९ सङकट व्यावस्थापन केन्द्र (सीसीएमसी)ले शैक्षिक संस्था सञ्चालनका विषयमा विषयविज्ञ र सम्बद्ध निकायसँग बिहिबार छलफल गरेको छ ।
सहसचिव तथा सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले सीसीएमसीका संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकले शिक्षासम्बन्धी संस्था , विषयविज्ञ र सम्वद्ध निकायसँग शैक्षिक संस्था सञ्चालनको सम्भावनाका विषयमा छलफल गरिएको जानकारी दिनुभयो ।
वैठकमा शैक्षिक संस्था बन्द गरेर मात्रै समस्या समाधान नहुने भएकाले भौगोलिक परिस्थति,सङक्रमणको अवस्था हेरेर स्थानीय निकायलाई नै शैक्षिक संस्था खोल्ने विषयमा निर्णयको अधिकार दिनुपर्ने सुझाव शैक्षिक संस्थाका प्रतिनिधिहरुल दिएका थिए ।
प्रवक्ता खतिवडाले भन्नु भयो “विद्यार्थी र मुलुकको भविष्यसमेत गाँसिएको शिक्षा क्षेत्रलाई सम्भव भए सम्म खोल्नु पर्ने सुझाव दिएका छन् ।” शैक्षिक संस्था बन्द गरेर कात्रै समस्या समाधान नहुने भएकाले सरकारले निकास दिनुपर्ने माग शिक्षा व्यावसायीहरुको थियो ।
अनलाइन कक्षाले मात्रै मुलुकका सबै विद्यार्थीलाई समेट्न नसक्ने भएकाले विद्यार्थीको संख्या,सङ्कैमणको अवस्थासमेत ख्यालमा राख्दै विद्यालय खोल्न दिनुपर्ने धारणा उँहाहरुको थियो । छलफलमा विषयविज्ञ, विश्वविद्यालयका प्रतिनिधि, शिक्षा मन्त्रालय, शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । गोरखापत्रमा समाचार छ ।



