सिटिईभिटि द्धारा डिप्लोमा तहको परीक्षा अवेदन फारम खुला, परीक्षा भदौमा हुने


काठमाडौं/ १२ साउन- सिटिईभिटि परीक्षा नियन्त्रण कार्यलयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीका नियमित,आंशिक परीक्षाको अवेदन फारम खुला गरेको छ । नियमित,आंशिक परीक्षा भदौमा सञ्चालन हुने भएकोले परीक्षार्थीहरुका लागि परीक्षा आवेदन खुला गरेको हो ।


साथै परीक्षार्थीहरुले साउन २६ भित्र नियमित र भदौ १ गते भित्र विलम्ब शुल्कको समय तोकिएकोले समय भित्रै अनिवार्य परीक्षा अवेदन फारम भर्न सूचित गरेको छ ।