गुरु पूर्णिमाको अवसरमा ऋषि महर्षिप्रति कृतज्ञता साथ भावपूर्ण श्रद्धासुमन

काठमाडौं/ ९ साउन-मानिसमा असल संस्कार दिनु , जीवन उपयोगी सीप तथा व्यवहारिक शिक्षाले बालबालिकाको आत्मजागरण तथा स्वाभिमान जगाउनु तथा आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु शिक्षाको सार्थकता हुने पूर्वीय सभ्यता दर्शन र गुरुपरम्परा हो ।

विद्यमान शिक्षा पद्धति, विद्यमान हाम्रा शिक्षक, प्राध्यापक तथा विद्यार्थीहरुको मार्गले कुन गतिको शिक्षा लिइरहेछ ? जतासुकै जी हजुरी, दासता, राजनीतिक तथा प्रशासनिक नेतृत्वको चाकरी गरी विद्वत वर्गको पगरी गुत्थ लालायित नेपाली विकृत बौद्धिक समाजमा प्राचिनकालीन ऋषि महर्षिका दार्शनिक पथमा गुरुपूर्णिमा उपहास हुनसक्छ ?

तर मेरो विचारमा विद्यमान समयमा देश दुनियामा देखापरेका सबै कुनीति, कुविचार तथा मै खाउँ मै लाउँ अरु सबै मरुन् दुर्बलहरुको जुन तुच्छ पशुप्रवृत्तिको मानसिकता खचाखच हामीमा भरिएको छ । त्यो शिक्षा व्यापार, राजनीतिकका नाममा लेनदेन र खरिदसरह किनबेच तथा आर्थिक लगानीको जुन कुचक्र चलिरहेको छ ।

जिम्मेवार बनाइएका र पाएका पदाधिकारी वर्गबाट राज्यस्रोतको लुटपाटको जुन श्रृङ्खला तथा अपराध मुलुकमा जुन भित्रिएको छ । त्यसको एक मात्र कारण आदर्श तथा नैतिक शिक्षाको अभाव, शिक्षा र स्वास्थ्यको क्षेत्रमा मौलाएको व्यापारले नागरिक मानवता पतनको मार्गलाई राजनीतिक अदूरदर्शिताले भित्र्याइएको कुशिक्षा नीति तथा पद्धति हो भन्ने देखाउँछ ।

यसर्थ गुरुपूर्णिमाको महान अवसरमा नेपाली जनताको सबै सकारात्मक मनोकामनाहरु देश भित्रै पूर्ण हुने आदर्श शिक्षा, सीप र रोजगार, स्वरोजगारको बाटो तय गर्ने, स्वाभिमानी नैतिक राजनीतिक तथा प्रशासनिक अगुवा तथा नेतृत्व क्षमता विकास गर्न सक्ने जनशक्ति योजना हाम्रो मुलुकलाई खाँचो छ भन्ने ठान्दछु ।

त्यागी ऋषि महर्षिका बसुधैव कुटुम्बकम् को महान आदर्श अनुसरण गरी ती प्रातः स्मरणीय गुरुहरुको कृपाले नेपाल देशलाई विकास समृद्धि र सबै क्षेत्रमा उचित मार्गदर्शन गर्ने सबल, दक्ष प्रतिभा र इमानदार जनशक्ति उत्पादन, विकास तथा प्रयोग नीति , योजना आफ्नै जागिर कालमा सके ऐन कानुन नभए राष्ट्रिय जनशक्ति विकास नीतिसम्बन्धी निर्देशिका निर्माणमा सक्रियता साथ पूर्ण सम्पादन गर्न सकूँ र देश तथा जनतामा समर्पित गरी मुलुकका शैक्षिक संस्था, तालिम केन्द्र तथा जनशक्ति विकास सम्बद्ध निकायहरुलाई योजनावद्ध आवश्यक क्षेत्रमा दक्ष प्रतिभालाई स्वदेशमा आकर्षित गरी टिकाएर मुलुकलाई रुपान्तरण गर्न मेरो प्रयासले सार्थकता पाओस्, गुरुजनहरुको आशिर्वाद निरन्तर प्राप्त हुने आशा गर्दछु ।

नेपाली र नेपालको समुन्नतिमा महर्षि वेदव्यास लगायतका सबै ऋषि महर्षिको आशिर्वाद निरन्तर प्राप्त होस् । कुबुद्धि र असंस्कृत राक्षसी प्रवृत्तिका राजनीति तथा प्रशासनिक क्षेत्रबाट मुलुकले छिटो मुक्ति पाओस्, भगवानसँग प्रार्थना गर्दछु ।

अन्तमा गुरुपूर्णिमाको महान अवसरमा सबै जन जनमा परानुभूति, सहानुभूति र आत्मसातीकरणको सकारात्मक मनोकामना वा भावना जागृत होस् तथा नेपाल र नेपालीको भाग्योदय हुने शिक्षा पद्धति, जनस्वास्थ्यमा पूर्ण उत्तरदायी सेवाभाव र आयमूलक रोजगारमूलक सीप शिक्षाको जग विद्यालयदेखि विश्वविद्यालयसम्म छिटो हालियोस् यही शुभकामना देश जनतामा व्यक्त गर्दछु ।

नेपाल र नेपालीको भाग्योदय हुने शिक्षा पद्धति, जनस्वास्थ्यमा पूर्ण उत्तरदायी सेवाभाव र आयमूलक रोजगारमूलक सीप शिक्षाको जग विद्यालयदेखि विश्वविद्यालयसम्म छिटो हालियोस् यही शुभकामना देश जनतामा व्यक्त गर्दछु । 

गुरुजनको जय जय जय होस् । कखरा सिकाएकादेखि उच्च शिक्षासम्म तथा आजसम्म स्वदेशी तथा विदेशी जो जसका विचार तथा भावना जानकारी तथा ज्ञान विज्ञानका कुरा आत्मसात गरिए, आफू जजसको सहयोगमा यो हैसियतमा पुगियो, ती सबै महाजन तथा गुरुहरूप्रति भावपूर्ण नमन तथा श्रद्धासुमन अर्पण गर्दछु ।