काठमाडौं /८ साउन-नेपाल शिक्षक सङ्घले व्यक्तिगत रुपमा मुद्दा हाल्ने आफ्ना सदस्यहरुलाई कारबाही गर्ने भएको छ । संस्थागत निर्णय विपरीत व्यक्तिगत लहडका आधारमा सर्वोच्च अदालमा मुद्दा मामिला गरेको भन्दै कारबाही गर्ने भएको हो ।
सङ्घले प्रदेश भित्र पर्ने कुनै पनि सदस्यहरुबाट गलत कृयाकलाप भए गरेका वा संलग्न भएका छन भने सम्बन्धित जिल्ला मार्फत आवश्यक जानकारी लिने र निजको कृयाकलाप उल्लेख गरी संघिय कार्यलयमा विवरण पठाउन निर्देशन दिदै पत्र लेखेको छ ।
साथै सर्वोच्च अदालतमा परेको मुद्दाहरुको मिसिलमा निबेदकका रुपमा रहेका शिक्षकहरु प्रदेशका नेपाल शिक्षक सङ्घका सदस्य भए स्पष्टीकरण सोधि १५ दिन भित्र सम्पुर्ण विवरण संघीय कार्यलयमा पठाउन आग्रह गरेको छ । पत्रसँगै नेपाल शिक्षक महासङ्घबाट प्राप्त निवेदन र सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाको मिसिल पठाइएको समेत जानकारी गराईएको छ ।
नेपाल शिक्षक सङ्घका सदस्यहरु संस्थाको विधान, नियम विधिभन्दा बाहिर जान चाहने अनुशासनभन्दा बाहिर गएर सामाजिक सञ्जालमा अनगर्ल विषय प्रस्तुत गर्ने,शिक्षकका लागि अत्यान्तै अशोभनिय व्यावहार देखाउने,संस्थाका निर्णय विपरीत व्यात्तिगत चाहना अनुसार मुद्दामामिला गर्ने, नेपाल शिक्षक सङ्घ विघटन गर्न मिडियामा अभिव्यक्ति दिने,नेतृत्वलाई अनावश्यक लाञ्छित जस्ता कृयाकलाप गरेको कारण कारवाहीको लागि गुनासो एंव सुझाव आएको पत्रमा उल्लेख गरीएको छ ।
नेपाल शिक्षक सङ्का महासचिव सोमनाथ गिरीको हस्ताक्षर रहेको पत्रमा संस्थाको मर्यादा र अनुशासन उल्लंघन गर्ने कुनै पनि सदस्यलाई सङ्घको विधानको परिच्छेद ६ दफा ६७ र ६८ मा भएको प्रबन्ध बमोजिम कारबाही गरिने जानकारी गरिएको छ ।
असार १७ गते तनहूँका शिक्षक रमेशबाबु भट्टराई नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९को लागि ल्याएको बजेटमा शिक्षक कार्मचारी विच विभेद गरिएको र सम्पुर्ण शिक्षक राष्ट्रसेवक हुन भन्दै न्यायका लागि सर्वोच्च अदालत गएका थिए । अहिले मुद्दा सर्वोच्च अदालतमा छ भने अदालतले सरकारसंग कारण मागेको छ । मुद्दाको साधरण तारीख साउन १७ गते रहेको छ । भट्टराई नेपाल शिक्षक सङ्घका वरिष्ठ सदस्य तथा प्रदेश प्रतिनिधि हुनुहुन्छ ।
नेपाल शिक्षक सङ्घले आम शिक्षकहरुका हकहितका लागि सर्वोच्चमा मुद्दा हालेकै कारण व्यात्तिलाई कारवाही गर्नु गलत भएको र यसको विरुद्धमा लाग्नु पर्ने नेपाल शिक्षक सङ्घका एक जना सदस्यले नाम नखुलाउने सर्त बताउनु भयो । भन्नु भयो “वेतिथिका कुराहरु खोतल्ने हो भने धेरैका छन् यसरी व्याक्तिलाई लक्षित गर्नु संस्थाको धर्म होईन साथै सर्वोच्चको मुद्दामा कुनै संघ,संगठन र व्याक्तिका विरुद्ध छैन यो नेपालभरका आम शिक्षकहरुका लागि हो । त्यसकारण सबै एक हुन आवश्यक छ ।”
यसरी सर्वोच्च अदालतमा मुद्दा हाल्न पाउनु व्यक्तिको स्वतन्त्र अधिकार भएको कानूनि परामर्श दाताहरुको भनाई छ । साथै आम शिक्षकहरुको सवाल रहेको र नेपाल शिक्षक संघ आफुले पनि मुद्दा नहाल्ने र मुद्दा हाल्ने व्यक्तिलाई कारवाही गर्छु भन्न नमिल्ने बताएका छन् । एका तिर सर्वोच्च अदालतमा मुद्दा हाल्न पाउनु व्यक्तिको स्वतन्त्र अधिकार हो भने अर्को तर्फ मुद्दा नहाल्न भनेको संघको कुनै आधिकारीक पत्र नभएको र पत्र लेख्न पनि नमिल्ने र कारवही गर्न पनि नमिल्ने बताएका छन् ।




