काठमाडौं /५ साउन-त्रिभुवन विश्वविद्यालय कर्मचारी प्रशासन महाशाखाले उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त सेवारत शिक्षक,कर्मचारीको विवरण पठाउन निर्देशन दिएको छ । अनिवार्य अवकास सम्बन्धमा स्थयी कार्यरत शिक्षक,कर्मचारीको सेवा विवरण फारम भरी अवकाश हुनु भन्दा ६ महिना अगावै कर्मचारी प्रशासन महाशाखामा विवरण नपठाएकोले पठाउन निर्देशन दिएका हो ।
महाशाखाले एक सूचना जारी गर्दे कतिपय क्याम्पस,कार्यलयहरुले विवरण नपठाई अनिवार्य अवकाश हुने समय पश्चात पनि कार्यरत रहेको पाईएको र अवकाश सम्बन्धी कारवाहीमा समस्या परेकोले अवकास सम्बन्धी सेवा विवरण नियम अनुसार समयमै पठाउन निर्देशन दिएको छ ।
साथै सेवा विवरण सम्बन्धी फारम समयमै उपलब्ध नगराई यसबाट उत्पन्न हुने समस्याको जिम्मेवार सम्बन्धित क्याम्पस,कार्यलय तथ कार्यरत शिक्षक,कर्मचारी नै हुने जानकारी गराएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्र्तगतका आंगिक क्याम्पस तथा कार्यलयहरुमा स्थायी नियुक्ति लिई सेवारत शिक्षक,कर्मचारीहरुको उमेरका हदले त्रिसठ्ठी वर्ष पुरा भएपछि अनिवार्य अवकाश हुने व्यावस्था छ ।



