भर्ना सम्बन्धी निर्देशिकालाई व्यावस्थित बनाउन सुझाब माग


काठमाडौं /४ साउन-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिईभिटिले भर्ना सम्बन्धी निर्देशिकालाई व्यावस्थित बनाउन सुझाब माग गरेको छ । सिटिईभिटि अन्र्तगत सञ्चालित प्रि डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन,छात्रवृत्ति विवरण एवम भर्ना सम्बन्धि निर्देशिकालाई व्यावस्थित बनाउन सुझाब माग गरेको हो ।


डिप्लोमा तथा प्रमाणपत्र तहकाको प्रवेश परीक्षा सञ्चालन,छात्रवृत्ति विवरण एंव भर्ना सम्बन्धि निर्देशिका २०७४ र प्रि डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति विवरण एंव भर्ना सम्बन्धि निर्देशिका २०७७ लाई परिषद्को प्रादेशिक संरचना, परिषदको प्रादेशिक कार्यलयहरुलाई परीक्षा समितिले गरेको अधिकार प्रत्योजन सम्बन्धि निर्णय समेतको आधारमा सुझाब मागिएको छ ।


कोभिड-१९ महामहरीका कारण भौतिक रुपमा उपस्थित भई छलफल गर्न सम्भव नभएकोले मौजुदा भर्ना सम्बन्धि निदैशिकाहरुलाई परिमार्जन गर्नका लागि कुनै सुझाब भए परीक्षा नियन्त्रण कार्यलयको इमेलमा साउन १० गते भित्र उपलब्ध गराउन आग्रह गरिएको छ ।