काठमाडौं/३१ असार- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विषयगत शिक्षक व्यावस्थापनका लागि सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई आग्रह गरेको छ । विषयगत प्राथमिकताको क्रम अनवार्य रुपमा पालना गरी शिक्षक व्यावस्थापनका गर्न भनिएको हो ।
केन्द्रले शिक्षक दरबन्दी मिलान तथा व्यावस्थापन भइरहेको जानकारी गराउँदै दरबन्दी मिलानको क्रममा कुनै एक विद्यालयबाट दरबन्दी कट्टा भई अर्को सामुदयिक विद्यालयमा दरवन्दी वा राहत,अनुदान थप भएमा वा कुनै सामुदायिक विद्यालयमा कुनै कारणवस आधारभूत तहको कक्षा ६ देखि ८ र माध्यमिक तहको शिक्षक दरबन्दी रिक्त भएको खण्डमा व्यावस्थापनका लागि परीपत्र जारी गरिएको छ ।
साथै त्यसरी व्यावस्थापन गर्दा शिक्षा नियमावली २०५९,को नियम ९२ को अनुसूची १२ मा उल्लेख गरिए अनुसार विषयगत प्राथमिकताको क्रम अनवार्य रुपमा पालना गरी शिक्षक व्यावस्थापन गर्नपर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यावस्थापन समन्वय शाखाका निर्देशक बसन्तप्रसाद कोइरालाले जानकारी दिनु भयो ।



