चिनियाँ विश्वविद्यालयका पूर्व उपाध्यक्ष यू झिगाङ घुस लिएको आरोपमा पक्राउ

चिन/३१ असार-चिनियाँ विश्वविद्यालयका पूर्वउपप्रमुख यू झिगाङ घुस लिएको आरोपमा पक्राउ परेका छन । लाओनिंग प्रान्तको पिपल्स प्रोक्यूरेटरेट्ले चीनको राजनैतिशास्त्र तथा कानून विश्वविद्यालयका पूर्व उपाध्यक्ष यू झिगाङलाई घुस लिएको आरोपमा पक्राउ गरेको हो ।


सुप्रिम पिपल्स प्रोक्चरेटोरले विज्ञप्ति जारी गर्दे राष्ट्रिय पर्यवेक्षण आयोगले गरेको अनुसन्धानपछि यूको मुद्दा समीक्षा र अभियोगका लागि अपराध अनुसन्धान अधिकारीलाई हस्तान्तरण गरिएको जनाएको छ् ।


त्यसैगरी यूलाई दलको अनुशासन र कानुन उल्लङ्घन गरेको आरोपमा चिनियाँ कम्युनिस्ट पार्टी सदस्य र सार्वजनिक सेवाबाट पनि निस्कासन गरिएको छ । ऐजेन्सी