छात्रवृत्ति प्राप्त विद्यार्थी सिटिइभिटिले सिफारिस गरेको शिक्षण संस्थामा भर्ना हुनु पर्ने

काठमाडौं/३० असार- सिटिइभिटि परीक्षा नियन्त्रण कार्यलयले विशेष प्राविधिक शिक्षा छात्रवृत्तिमा छनोट भएका परीक्षार्थीहरुलाई सिफारिस भएका शिक्षण संस्थामा भर्ना हुन जान सूचित गरेको छ ।


शैक्षिक सत्र २०७७ /०७८ मा डिप्लोमा,प्रमाणपत्र र प्रि-डिप्लोमा तहमा विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमको २०७७ को नतिजा प्रकाशन एंव मुख्य परीक्षर्थीमा छनोट भएका परीक्ष्ननर्थीहरुलाई भर्नाका लागि सूचित गरेको हो ।


साथै विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रममा नेपाल सरकारबाट सूचीकृत सुविधा वञ्चित २२ वटा समुहहरुका परीक्षार्थीहरुले प्राप्त गरेका छन भने छनोट भएका परीक्षार्थीहरु सिटिइभिटिले अध्ययन गर्न सिफारिस भएका शिक्षण संस्थामा भर्ना हुनु पर्ने छ ।