काठमाडौं/३० असार- त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यलयले प्रध्यापक तथा सहप्रध्यापक पदपूर्ति गर्न छनोट भएका उम्मेदवारहरुको अन्तर्वार्ता साउन १७ गते देखि गर्ने भएको छ ।
२०७७/०७८ मा प्रकाशित विभिन्न विज्ञापन नं. तथा विषयहरुको आन्तिरिक तथा खुल्ला प्रतियोगिताको माध्यमबाट छनोट भएका उम्मेदवारहरुको अन्तर्वाता लिने भएको हो ।
अन्तर्वार्ता हुने दिन उम्मेदवारहरुले शक्षिक तथा अनुभवका प्रमाणपत्रहरुको सक्कल प्रतिहरु सहित अन्तर्वार्ताको समय भन्दा एक घण्टा अगाडि सेवा आयोगको कार्यलयमा उपस्थित हुनु पर्ने र उम्मेदवारले आवेदित पद र विषयसँग सम्बन्धित रहेर बढीमा पाँच मिनेटको प्रस्तुति दिनुपर्ने जनाएको छ ।
त्यसैगरी अन्तर्वार्ता हुने विषय र पदको विस्तृत कार्यतालिका अन्तर्वार्ता हुने मिति भन्दा १५ दिन अगाडि सेवा आयोगको वेवसाईट www.tuservicecommission.edu.np मा प्रकासित गरिने जनाएको छ ।



