काठमाण्डौं/२५ असार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईसभटि)ले २०६९ सालमा पेस गरेका स्वस्थ्य तर्फका प्रमाणपत्र,डिप्लोमा तहका कार्यक्रमहरुका आवेदन तथा प्रस्थावना अद्यावधिक गर्ने भएको छ ।
सिटिईसभटिको २०६९ जेठ २९ गतेको सूचना आनुसार डिप्लामा,प्रमतण पत्र तहका कार्यक्रम सञ्चालनका लागि प्रस्थावना पेस गरि २०७१ साउन २ गतेको सूचना अनुसार स्थलगत निरीक्षण शुल्क दाखिला गरेका संस्थाहरु मध्ये स्वस्थ्य तर्फका कार्यक्रमहरुको आवेदन,प्रस्ताव अद्यावधिक गर्नका लागि जानकारी गराएको हो ।
स्वस्थ्य तर्फका कार्यक्रमहरुको आवेदन,प्रस्ताव अद्यावधिक संस्थाहरुले सूचनाजारी भएको ३० दिन भित्र कागजात पूरा गरी निवेदन पेस गर्न भनिएको छ ।




