मध्यपश्चिम विश्वविद्यलायमा विभिन्न माग राख्दै विद्यार्थी संगठन द्धारा माग पत्र पेश

सुर्खेत/२५ असार- मध्यपश्चिम विश्वविद्यलायको शैक्षिक अवस्था नाजुक हुँदै गएको भन्दै विद्यार्थी संगठनहरुले माग पत्र पेश गरका छन् । भौतिक संरचना राम्रो हुँदै गएपनि शैक्षिक अवस्था भने नाजुक हुँदै गएको उनिहरुको भनाई छ ।


मागपत्र पेश गर्दे २४ घण्टा भित्र आफ्ना मागहरु पुरा नगरे संयुक्त विद्यार्थी संगठन चणरवद्ध आन्दोलन गर्न बध्य हुने चेतावनि दिएका छन् ।


माग पत्रमा विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति कायम गर्नुपर्ने, सेमेष्टरका रोकिएका छात्रवृत्ति तत्काल प्रदान गर्नपर्ने,कोभिड अवधिको शुल्क पुर्ण मिनाह गर्नुपर्ने, तत्काल इ–लाईव्रेरीको व्यावस्था गर्नुपर्ने, सेमेष्टरको अध्ययन सकिए पछि परीक्षा विनै समेष्टर अभिवृद्धि स्थगित गर्नपर्ने, रोकिएका सबै परीक्षा सञ्चालन गर्नुपर्ने र विद्यार्थीको शैक्षिक सुधारका लागि मागसहित आन्दोलित विद्यार्थीलाई परीक्षा राख्नेगरी गरीएको कार्वाही तत्काल फुकुवा गर्नु पर्ने माग रहेका छन् ।


त्यसैगरी अन्य मागहरुमा जुम मिटिङमा विश्वविद्यलयकै गरिमामा आँच आउनेगरी गरिएका हर्कत उपकुलपतिले तत्काल बन्द गर्नु पर्ने, १० प्रतिशत शुल्क वृद्धि तत्काल खारेज गर्नुपर्ने, बिबिए र एमबिएमा भएको आर्थिक अनियमितता तथा चलखेलको छनविन गरी दोषिलाई कार्वाही गर्नुपर्ने, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कोभिड खोपको सुनिश्चितता गर्नुपर्ने, विश्वविद्यालय र विद्यार्थी संगनका विच भएका सहमतिहरु कार्यन्वयन गर्नुपर्ने रहेका छन् ।


नेवि संघका राजन के.सी, मध्य पश्चिमाञ्चल विश्वविद्यालय अखिल क्रान्तिकारीका संयोजक टोपेन्द्र पौडेल,अनेरास्ववियुका केन्द्रिय सदस्य उमेश तिवारी र संस्थापक स्ववियु सभापति झक्क बहादुर शाहिको नेतृत्वमा माग पत्र पेश गरेका हुन ।