सप्तरी/२ असार-कोभिड–१९ को सङ्क्रमण घटेसँगै सप्तरीका स्थानीय तहहरुले विद्यालय खोल्ने तयारी थालेका छन । असार १ गते देखि नयाँ शैक्षिक सत्र सुरु भए संगै केही स्थानीय तहले मङ्गलबारबाट सामुदायिक विद्यालयहरु खोल्ने निर्णय नै गरिसकेका छन ।
त्यसैगरी पछिल्लो पटक हनुमाननगर कङ्कालिनी नगरपालिकाले सामुदायिक विद्यालय र धार्मिक विद्यालयहरु खोल्ने निर्णय गरेको छ । शैक्षिक सत्र सुरु भएकोले नगरक्षेत्र भित्रका सामुदायिक विद्यालय तथा धार्मिक विद्यालयहरु खोल्ने निर्णय गरेको हो ।
नगरपालिकाले सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय प्रशासन खोल्ने र सबै शिक्षकलाई नियमित रुपमा विद्यालय उपस्थित गराइ विद्यार्थी भर्ना,विद्यालयको वार्षिक कार्ययोजना लगायतका सम्पूर्ण प्रशासनिक कार्यहरु सञ्चालन गर्न निर्देशन दिएको छ ।



