झापा/२ असार-झापाको दमक नगरपालिका–५ स्थित कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी एक छात्राको रहस्यमय मृत्यु भएको छ । इलाम घर भएकी सेजला कोइरालाको अघिल्लो बुधबार साँझ रहस्यमय मृत्यु भएको हो ।
कोइराला दमकमा रहेको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत छात्रा हुन । सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गर्दा नउठेपछि कोठामा पुग्दा शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको प्रहरी जानाकारि दिएको छ ।
उनलाई तत्कालै लाइफलाइन अस्पताल पुर्याइए पनि बचाउन नसकिएको आफन्तले बताएका छन । सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको प्रहरीले जानाएको छ ।
सेजलाको मृत्यु रहस्यमय भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा आफन्तले जाहेरी दिएका छन् । प्रहरीले भने तत्काल मृत्युको कारण थाहा पाउन परीक्षणलाई प्राथमिकता दिएको बताइएको छ ।



