पोखरा विश्वविद्यलाय द्धारा उप-प्रध्यापकका लागि आवेदन आह्वान

पोखरा/३१ जेठ – पोखरा विश्वविद्यलाय, विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कुल अफ ईन्जिनियरीङ्गमा उप प्रध्यापकका लागि आवेदन आह्वान गरेको छ । स्कुल अफ ईन्जिनियरीङ्गमा सञ्चालित स्नातक तहका कार्यक्रमहरुमा अध्यापन गराउनका लागि पुर्णकालिन करार सेवामा आवेदन आह्वान गरेको हो ।


साथै आवेदन दिन ईच्छुक व्यक्तिले जेठ २९ गते देखि असार १८ गते भित्र कार्यलय समय सम्ममा आवेदन दिन सकिने छ । आवेदन दिने व्यक्तिले आवेदन फारम,शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी,अनुभवका प्रमाण्पत्रको प्रतिलिपि,नेपालि नागरिकताको छाँया प्रति,वायोडाटा र दस्तुर तिरेको बैंक भौचर संलग्न गरी स्कुल अफ ईन्जिनियरिङ्ग निर्देशकको कार्यलयमा निवेदन पेश गर्न भनिएको छ ।


तथा[email protected] मा इमेल गरी आवेदन दिन सकिने जानकारी दिएको छ । आवेदनको मुल्यांकन पोखरा विश्वविद्यालय सेवा आयोगको नियम अनुसार हुने छ ।