नेपाल स्कुल मेला अनलाइन क्विज प्रतियोगीतामा बुटवल होराइजनका युवराज पन्थी प्रथम

काठमाडौं /३० जेठ– नेपाल स्कुल मेला अनलाइन क्विज राष्ट्रव्यापी प्रतियोगीतामा न्यु होराइजन बोर्डिङ स्कुल बुटवलका युवराज पन्थी प्रथम भएका छन् । प्याब्सन केन्द्रिय कार्य समितिको संयोजन तथा कलेज रिडर्सको आयोजना र एनप्याब्सन र हिसानको सहकार्यमा भएको प्रतियोगीतमा द्धितिय कान्ती सेकेण्डरी स्कुल बुटवलका अशोक आचार्य र तृतिय तुलसी बोर्डिङ स्कुलका आर्जन बस्नेत भएका छन् ।


उनीहरुलाई क्रमश ः २५०००, १५,०००, १०,००० र सान्वना ३ जनालाई जनहि ३ हजार प्रदान गरिएको हो । देशभरबाट करिब २ सय वटा विद्यालयका विद्यार्थी सहभागी भर्चुअल प्रतियोगीतामा विभिन्न चरणमा विद्यार्थीलाई प्रतिस्पर्धा गराइएको थियो । विभिन्न चरण पार गर्दै फाइनल चरणमा ६ जना विद्यार्थी छनोट भएका थिए ।


शनिबार भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यता रहेको थियो । उनले देशका विभिन्न क्षेत्रमा यस्ता खालका कार्यक्रम आवश्यक रहेको बताए । “विद्यार्थीको बौद्धिकता बढाउन यस्ता कार्यक्रम फलदायी हुने र मैले विद्यार्थीका लागि आवश्यक सुविधाका लागि मन्त्रालयमा थप पहल गर्नेछु” भर्चुअल संवाद मार्फत उनले भने, विद्यार्थीहरू देशका खम्बा हुन् । उनीहरुको क्षमता तथा सिप विकास गर्न गरिने यसका कार्यक्रमले विद्यार्थी, विद्यालय तथा सिंगो समाजलाई सकारात्मक प्रभाव पर्छ ।

कार्यक्रमका अतिथि प्याब्सन केन्द्रिय अध्यक्ष टिकाराम पुरीले कोभिड–१९ को यो माहामारीमा विद्यार्थीलाई प्राथमिकतामा राखेर अध्ययनको क्षेत्र फराकिलो बनाउनुपर्ने जोड दिए । ’हाजीरीजवाफ प्रतियोगीता जस्ता कार्यक्रमले विद्यार्थीलाई पढाई बाहेक अन्य क्षेत्रमा पनि अध्ययनशिल बनाउन महत्वपूर्ण भूमिका खेल्छ । हामी यसका खालका कार्यक्रमलाई थप शसक्त बनाउन चाहन्छौं । सबैलाई सहकार्यका लागि आव्हान गर्छौं’, पुरी भने ।


प्याब्सन केन्दिय उपाध्यक्ष तथा प्रतियोगीताकी संयोजक दिपिका थापा रिमालले कोभिड १९ को माहामारीमा विद्यार्थी घरमै बसे पनि यस्ता खालका प्रतियोगिताहरुले उनिहरुलाई पढ्नका लागि सहयोग हुने बताईन । साथै अबका दिनमा प्याब्सनले विद्यार्थी लक्षित कार्यक्रमहरु अझ धेरै आयोजना गरिने उपाध्यक्ष तथा प्रतियोगीताकी संयोजक थापा रिमालले जानकारी दिईन ।


क्विज मास्टर अर्जुन चापागाईले चापागाईँले प्रतियोगीतामा आएका विद्यार्थीहरूको क्षमता अदितिय रहेको बताए । विद्यार्थीहरूले कोर्सका किताब बाहेक देश र दुनियाँमा रहेका विभिन्न क्षेत्रको विषयमा अध्ययन बढाउनु भनेको खुशीको विषय रहेको बताए । यस्ता कार्यक्रमले विद्यार्थीको क्षमतामा थप निखार आउने उनको दावि थियो ।

कलेज रिडर्सले विगत १० वर्षदेखि विद्यार्थी र विद्यालयको क्षेत्रमा काम गर्दै आएको आयोजक जितेन्द्र घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार संस्थाले विद्यार्थीको लेखन अभिवृद्धि, वाचन तथा नेतृत्व विकासका लागि काम गर्दै आएको छ । ’यो वर्ष कोरोनाको कारण घरमा बसिरहेका विद्यार्थीका लागि केही उपयोगी काम गरौं भनेर क्विज कार्यक्रम ल्याएका हौं’, उनले भने ।


कार्यक्रमको मुख्य प्रायोजकमा एभरेष्ट कलेज–बिराटनगर, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, साउथ वेस्ट्रन स्टेट कलेज, जय मल्टिपल क्याम्पस, नामी कलेज, रहेका छन । सह प्रयोजकमा द टाइम्स इन्टरनेशनल कलेज,आईएसटी स्कुल, भ्याली पब्लिक स्कुल, सिद्धार्थ विद्यापिठ स्कुल , एडमार्क एकेडेमी र जेष्ठ आइडोलोजी सेभिङ्ग एण्ड क्रेडिट कोपेरटिभ रहेका थिए ।


नेपाल स्कुल मेला प्याब्सनको सहकार्यमा खबर एजुकेशन अनलाइन मिडिया,बेदान्त पब्लिकेशन, टाइम्स इन्टरनेशनल पब्लिकेशन, स्मार्ट द लर्निङ् एप र ग्लोबल आइओटी लगायत विभिन्न संघ संथाहरुको सहयोगमा संचालन भैरहेको छ । मेलाको आयोजना कलेज रिडर्स पत्रिकाले गरेको हो ।