निषेधाज्ञा जेठ ३१सम्म, वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई सहजिकरण गरिने


काठमाडौं /१९ जेठ-काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गते सम्म लम्मिने भएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

यसै गरि बैठकले डिपार्टमेन्टल स्टोर र स्टेशनरी, किताव पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । किराना पसल, तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ ।

शैक्षिक संस्थाहरु विद्यालय, कलेज,टयुसन सेन्टर तालिम केन्द्र साथै शैक्षिक परक्षिाहरु सञ्चालन गर्न नपाइने भनिए पनि वैदेशिक अध्ययनमा जानचाहने विद्यार्थीहरुका लागि कुट्नैतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रकृयामा जिल्लाप्रशासन कार्यलयले सहजिकरण गर्ने जनाएको छ ।

साथै नेपाल सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण परीपालन गरी कुटनितिक नियोगले अति आवश्यक परीक्षा तथा अन्तर्वार्ता गर्न सक्ने र सो कार्यका लागि जिल्ला प्रशासन कार्यलयले सहजिकरण गर्ने भएको छ ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।